२०८३ असार १ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बेलायतमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाइने | संसद् भवन ढिलाइप्रति सभामुख आक्रोशित, ‘अब दैनिक १ करोड जरिवाना लाग्न सक्छ’ | पद्मा अर्यालको चुनौती– गिरीबन्धु, ओम्नी र वाइडबडीको फाइल खोल्नुस् | टेम्पो भीरमा खसालेको घटनाको सत्यतथ्य खोज्न पाँच सदस्यीय समिति | प्रहरीको व्यवहारप्रति हर्क साम्पाङको असन्तुष्टि, ‘नागरिकले सुरक्षा होइन त्रास महसुस गरिरहेका छन्’ | बजेटले दिएको भन्दा बढी लिएको छ : कांग्रेस सभापति गगन थापा | चर्चित सेफ सन्तोष साह किन परे हिरासतमा ? के हो मुद्दाको वास्तविकता ? | कैलालीमा टेम्पो भीरमा खसाल्ने कार्यमा संलग्न १० जना प्रहरी नियन्त्रणमा | संविधान संशोधनका लागि एमालेको कार्यदल सक्रिय : महेश बर्तौलालाई पाए जिम्मेवारी | विद्यालयमा खेलमैदान र खेल आधारित पाठ्यक्रम विकास गर्न मन्त्रालयको आग्रह |

काठमाडौंको गोंगबु क्षेत्रमा शनिबार कालो प्लास्टिकमा पोको पारेर फालिएको अवस्थामा एक महिलाको शव भेटिएपछि सुरुवात भएको प्रहरीले गरेको अनुसन्धानले चित्त नदुखाउने तथ्य उजागर भएको छ।

प्रहरीका अनुसार मृत्यु भएकी महिला माया मगर (आयुषा मगर) को ज्यान ५ सय रुपैयाँको लेनदेन विवादकै कारण लिइएको हो। सोही घटनामा संलग्न रहेको स्वीकार गर्दै २४ वर्षीय सूर्य थापा मगर पक्राउ परेका छन्।

करिब १४–१५ दिनअघि माया र डोल्मा बोम्जन नामकी अर्की महिला गोंगबु नयाँ बसपार्क नजिकको होटेल रोयल कुन्डलामा पुगेका थिए। राति अबेर होटेल पुगेपछि डोल्मा छतमा जान्छिन् भने माया होटेलका स्टाफसँग बसिदै गफ गर्न थाल्छिन्।

यही बीच सूर्य थापा मगरसँग ‘ब्राउन सुगर किन्न’ भन्दै मायाले ५ सय रुपैयाँ मागेकी थिइन्। केहीबेरपछि फर्केकी मायाले पैसा फिर्ता नदिँदा उनीहरूबीच वादविवाद सुरु भएको प्रहरीको विवरणमा उल्लेख छ।

विवाद चर्किएपछि सूर्य आवेशमा आएर जुत्ताको तुनाले मायाको घाँटी कसेर भुइँमा लडाएर कुटपिट गरेको उनले स्वीकारेका छन्। माया बेहोस भएपछि उनले शव कालो प्लास्टिकमा हालेर दुईवटा तन्नाले बेरेका थिए र सडकछेउ फालिदिएका थिए।

प्रहरीले शवमा बेरिएको तन्नाबाट भेटिएको ‘१४५५’ नम्बरको ट्यागलाई आधार बनाएर अनुसन्धान अघि बढायो। सोही ट्याग होटेल रोयल कुन्डलाका स्टाफले प्रयोग गर्ने तकियाको खोलसँग मिल्दा प्रहरी घटनास्थल र आरोपीसम्म पुग्न सफल भयो।

सूर्य थापा मगर मिलनटोलको एक खाजाघरमा ७ महिनादेखि काम गर्दै आएका थिए। उनलाई मादक पदार्थ सेवन गर्दै गरेको अवस्थामा प्रहरीले आइतबार पक्राउ गरेको हो।

मृतकको पहिचान उनको कान्छी आमाले गरिसकेको प्रहरीले जनाएको छ। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले घटनाबारे थप अनुसन्धान भइरहेको बताए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय