नेपाल प्रहरीले उच्च कमान्ड तहमा व्यापक फेरबदल गर्दै तीन जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को सरुवा गरेको छ। सोमबार गृहमन्त्रीस्तरबाट भएको निर्णयअनुसार डीआईजी विनोद घिमिरे, दिलिपिसिंह देउवा र दीपकुमार बस्नेतलाई भिन्न–भिन्न जिम्मेवारीमा पठाइएको हो।
निर्णय अनुसार डीआईजी विनोद घिमिरेलाई कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा सरुवा गरिएको छ। त्यस्तै, डीआईजी दिलिपिसिंह देउवा नेपाल प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभाग, नक्सालमा नियुक्त भएका छन्।
यस्तै, डीआईजी दीपकुमार बस्नेतलाई नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत अपराध अनुसन्धान विभागको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय, नक्सालमा पदस्थापन गरिएको छ।

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
