२०८३ असार १ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
संसद् भवन ढिलाइप्रति सभामुख आक्रोशित, ‘अब दैनिक १ करोड जरिवाना लाग्न सक्छ’ | पद्मा अर्यालको चुनौती– गिरीबन्धु, ओम्नी र वाइडबडीको फाइल खोल्नुस् | टेम्पो भीरमा खसालेको घटनाको सत्यतथ्य खोज्न पाँच सदस्यीय समिति | प्रहरीको व्यवहारप्रति हर्क साम्पाङको असन्तुष्टि, ‘नागरिकले सुरक्षा होइन त्रास महसुस गरिरहेका छन्’ | बजेटले दिएको भन्दा बढी लिएको छ : कांग्रेस सभापति गगन थापा | चर्चित सेफ सन्तोष साह किन परे हिरासतमा ? के हो मुद्दाको वास्तविकता ? | कैलालीमा टेम्पो भीरमा खसाल्ने कार्यमा संलग्न १० जना प्रहरी नियन्त्रणमा | संविधान संशोधनका लागि एमालेको कार्यदल सक्रिय : महेश बर्तौलालाई पाए जिम्मेवारी | विद्यालयमा खेलमैदान र खेल आधारित पाठ्यक्रम विकास गर्न मन्त्रालयको आग्रह | हेटौंडाबाट काठमाडौं सारिएको रास्वपा अधिवेशनमा आज निर्वाचन |

ऐतिहासिक पहाडी शहर बन्दिपुरमा पछिल्ला सात महिनामा विदेशी र आन्तरिक पर्यटकको चाप उल्लेख्य रूपमा बढेपछि स्थानीय पर्यटन व्यवसायी उत्साहित बनेका छन्। गत वर्षको वैशाखदेखि चालु आवधिक कात्तिकसम्म मात्र २१ हजार ७२५ विदेशी पर्यटक पुगेका छन्।

अस्थायी पर्यटक प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरीक्षक गोविन्द रानाका अनुसार ‘पहाडकी रानी’ बन्दिपुरप्रति विदेशीहरूको आकर्षण झन् बलियो बन्दै गएको छ। विशेष गरी चिनियाँ पर्यटकहरूको संख्या अत्यधिक रहेको र सात महिनामा मात्र पाँच हजार ५१ जनाले भ्रमण गरेको तथ्यांक छ।

चिनियाँपछि भियतनाम, भारत र स्पेनका पर्यटककाे आवागमन देखिएको छ। विदेशीहरू प्रायः घुमफिरका लागि बन्दिपुर आउने भए पनि बस्ने व्यवस्था भने पोखरा वा चितवनमा गर्ने गरेको रानाले बताए।

यस अवधिमा वैशाखदेखि कात्तिकसम्म प्रत्येक महिनामा पर्यटक संख्या स्थिर रूपमा बढेको छ। कात्तिकमा मात्र चार हजार ६२७ विदेशी पुगेका छन्।

आन्तरिक पर्यटकको संख्या झन् उच्च छ। सात महिनामा ३२ हजार ७६० जनाले बन्दिपुर घुमेका छन्। कात्तिकमा मात्र १७ हजारभन्दा बढी विद्यार्थी तथा आन्तरिक पर्यटक पुगेपछि बजार, घरबास र होटेलहरू भरिएका छन्।

गत वर्ष १२ हजार ९३९ विदेशी आगन्तुक भित्र्याएको बन्दिपुरले पर्यटन वर्ष २०२५ मा अझै ठूलो संख्यामा पर्यटक भित्र्याउने लक्ष्य लिएको बन्दिपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए। हाल बन्दिपुरका चार घरबास र ७० होटेलहरू लगभग भरिएको उनी बताउँछन्।

पर्यटकको लगातार बढ्दो चापसँगै व्यवसायीहरू आगामी महिनाहरूमा अझै राम्रो कारोबार हुने आशामा छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय