२०८३ आश्विन २० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग राख्ने नेताहरूले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवासमा भेटवार्ता गरेका छन्। लुम्बिनी प्रदेश अध्यक्ष अम्मर पुन, नेता गुरुराज घिमिरेसहित करिब दुई दर्जन नेता उक्त भेटमा सहभागी थिए।

भेटमा जेन९जी आन्दोलनपछिको राजनीतिक परिस्थिती, फागुन २१ मा तय भएको निर्वाचन र कांग्रेसभित्रको बढ्दो विवादबारे छलफल भएको नेता घिमिरेले जानकारी दिए। उनले बताएअनुसार राष्ट्रपति पौडेलले अहिलेको परिस्थिति निकाल्न ‘निर्वाचन नै निकास’ भएको धारणा व्यक्त गरेका छन्।

राष्ट्रपतिले पार्टीभित्रको विवादबारे प्रत्यक्ष बोल्न असमर्थता व्यक्त गर्दै नेताहरूलाई मिलेर अघि बढ्न सुझाव दिएका छन्। उनका शब्दमा, “पार्टीभित्रको कुरा म भन्न मिल्दैन, तर विभाजनले कसैलाई फाइदा हुँदैन। मिलेर अघि बढ्नुस्।”

त्यस्तै राष्ट्रपति पौडेलले कांग्रेसमात्र नभई अन्य राजनीतिक दलहरूसँग सहकार्य गर्दै स्थिर चुनावी वातावरण बनाउनु आवश्यक रहेको पनि जोड दिए।

समग्रमा भेटवार्ताले पार्टी एकता र देशको शान्ति सन्देश प्रवाह गर्ने प्रयास स्वरूप देखिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय