२०८२ माघ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या |

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबीसहित नेकपा एमाले सर्वोच्च अदालत पुगेको छ। विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बराल सोमबार संसद् पुनर्स्थापनाको मागसहित ७ वटा स्पष्ट आधार राखेर रिट लिएर सर्वोच्च पुगेका हुन्।

एमालेले दायर गरेको रिटमा प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै प्रथम दृष्टिमा असंवैधानिक भएको भन्दै त्यसको खारेजी माग गरिएको छ। अदालतका पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्कीलाई कुनै दलको समर्थनबिनै धारा ७६ र १३२(२) विपरीत नियुक्त गरिएको आरोप एमालेको छ।

एमालेले राष्ट्रपतिद्वारा भदौ २७ गते गरिएको प्रधानमन्त्री नियुक्ति, शपथ तथा कार्की नेUML parliament restorationतृत्वको सरकारले गरेका सबै निर्णय ‘उत्प्रेषण’ आदेशमार्फत बदर गर्न माग गरेको छ। साथै कार्कीको एकल सिफारिसमा गरिएको प्रतिनिधिसभा विघटन पनि असंवैधानिक भएकाले २०८२ भदौ २४ पछि भएको सम्पूर्ण कामकारबाही शून्य मान्दै संसद् पुनर्स्थापना गर्नुपर्नेमा जोड दिएको छ।

रिटमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि संविधानको धारा ७६ अनुसार नयाँ सरकार गठन प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई परमादेश दिनुपर्ने माग गरिएको छ। पुनर्स्थापित संसद्को बैठक बोलाउन सभामुख र संसद् सचिवालयलाई आदेश जारी गर्नुपर्ने माग समेत समावेश छ।

त्यस्तै, कार्की नेतृत्वको सरकारले अघि सारेको प्रतिनिधिसभा निर्वाचन प्रक्रियालाई ‘स्वतः अवैध’ ठहर गर्दै त्यससम्बन्धी सबै गतिविधि रोकिनु पर्ने माग गरिएको छ।

संवेदनशील भएकाले लिखित जवाफ टुंग्याएर निरन्तर सुनुवाइको व्यवस्था मिलाइ शीघ्र निर्णय दिन अदालतलाई आग्रह गरिएको छ।

१. प्रतिनिधिसभाको सदस्य नभएको, सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएसकेका व्यक्ति, कुनै राजनैतिक दलको संसदीय दलले समर्थन नगरेको, धारा ७६ तथा धारा १३२(२) विपरीत गैरसंवैधानिक तवरले नियुक्त भएका प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति प्रथम दृष्टिमै असंवैधानिक भएको हुँदा निजको प्रधानमन्त्री पदमा भएको नियुक्ति विरुद्ध अधिकारपृच्छाको आदेश जारी गरी पाऊँ।

२. प्रधानमन्त्री पदमा सुशीला कार्कीलाई नियुक्ति गर्ने सम्माननीय राष्ट्रपतिज्यूको मिति २०८२ भदौ २७ को निर्णय, सोको आधारमा भएको प्रधानमन्त्रीज्यूको शपथ ग्रहण तथा अन्य नियुक्ति समेत उत्प्रेषणको आदेशले बदर गरी पाऊँ । साथै विपक्षी प्रधानमन्त्री नियुक्त भएपश्चात विपक्षीहरूबाट भए गरेका गैरकानूनी एवं असंवैधानिक सम्पूर्ण कामकारबाही, निर्णय, नियुक्तिहरू समेत उत्प्रेषणको आदेशले बदर गरी पाउँ ।

३. प्रधानमन्त्री सुशीला कार्कीको एकल सिफारिसमा सम्माननीय राष्ट्रपतिबाट मिति २०८२ भदौ २७ गते गरिएको प्रतिनिधिसभा विघटनको निर्णय उत्प्रेषणको आदेशले बदर गरी २०८२ भाद्र २४ गते पछिको अवधिलाई शून्य अवधि मानी प्रतिनिधिसभा पुनर्स्थापना सहित सो दिन कायम रहेका राज्यका सबैअंग, निकायहरू पूर्ववत् रूपमा यथावत् सञ्चालनमा रहने गरी विपक्षीहरूको नाममा परमादेशको आदेश जारी गरी पाऊँ ।

४. तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पदबाट राजीनामा दिइसकेको अवस्थामा नयाँ सरकार गठनका लागि संविधानको धारा ७६ बमोजिमको प्रक्रिया प्रारम्भ गर्नु भनी सम्माननीय राष्ट्रपतिज्यूको नाममा परमादेश जारी गरी पाऊँ।

५. पुनर्स्थापित प्रतिनिधिसभाको बैठक बोलाउन आवश्यक व्यवस्था मिलाउनु भनी सम्माननीय सभामुख तथा संसद् सचिवालयको नाममा परमादेश जारी गरी पाऊँ।

६. असंवैधानिक तवरले नियुक्त प्रधानमन्त्री श्री सुशीला कार्की र निज नेतृत्वको सरकारले  गर्ने भनिएको प्रतिनिधिसभाको निर्वाचन समेत प्रतिनिधिसभा पुनर्स्थापना पश्चात् स्वत: औचित्यहीन भएकाले प्रतिनिधिसभाको निर्वाचनसँग सम्बन्धित सम्पूर्ण काम कारबाही प्रतिषेधको आदेश जारी गरी रोकी पाऊँ।

७. विषयवस्तुको गम्भीरता र संवेदनशीलतालाई मध्यनजर गरी प्रस्तुत विषयमा शीघ्र निर्णय हुनुपर्ने भएको हुँदा प्रस्तुत रिट निवेदनमा विपक्षीहरूको लिखित जवाफ मगाई सुनुवाइको मिति किटान गरी निरन्तर सुनुवाइ गराइ पाऊँ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय