२०८३ असार १ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बेलायतमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाइने | संसद् भवन ढिलाइप्रति सभामुख आक्रोशित, ‘अब दैनिक १ करोड जरिवाना लाग्न सक्छ’ | पद्मा अर्यालको चुनौती– गिरीबन्धु, ओम्नी र वाइडबडीको फाइल खोल्नुस् | टेम्पो भीरमा खसालेको घटनाको सत्यतथ्य खोज्न पाँच सदस्यीय समिति | प्रहरीको व्यवहारप्रति हर्क साम्पाङको असन्तुष्टि, ‘नागरिकले सुरक्षा होइन त्रास महसुस गरिरहेका छन्’ | बजेटले दिएको भन्दा बढी लिएको छ : कांग्रेस सभापति गगन थापा | चर्चित सेफ सन्तोष साह किन परे हिरासतमा ? के हो मुद्दाको वास्तविकता ? | कैलालीमा टेम्पो भीरमा खसाल्ने कार्यमा संलग्न १० जना प्रहरी नियन्त्रणमा | संविधान संशोधनका लागि एमालेको कार्यदल सक्रिय : महेश बर्तौलालाई पाए जिम्मेवारी | विद्यालयमा खेलमैदान र खेल आधारित पाठ्यक्रम विकास गर्न मन्त्रालयको आग्रह |

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी प्रतिनिधिसभा निर्वाचनका सम्बन्धमा अब कुनै प्रकारको शंका नराख्न आग्रह गरेका छन्। उनले निर्वाचनविरोधी दल समेत दर्ता भइसकेका कारण मुलुक चुनावमय वातावरणमा प्रवेश गरिसकेको बताए।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री खरेलले निर्वाचनका लागि आवश्यक तयारी सरकार पक्षबाट पूरा भइसकेको उल्लेख गरे। मतदाता नामावली संकलनदेखि सुरक्षा व्यवस्थासम्म सबै मोर्चामा तयारी अगाडि बढेकाले अब चुनावको सुनिश्चितताबारे दुविधा नराख्न आग्रह गरे।

उनका अनुसार जनतामा पनि चुनावप्रतिको उत्साह बढ्दै गएको छ। “जनता नै निर्वाचनमा होमिइसकेका छन्, दलहरू तयार छन्, विरोध गर्दै आएका समूहले समेत दल दर्ता गराइसके— अब शंका किन गर्ने?” प्रवक्ता खरेलले भने।

जेन-जी आन्दोलनको जगमा बनेको अहिलेको सरकारले युवालाई प्राथमिकतामा राखेको भन्दै उनले सोमबार सिंहदरबार गएका जेन-जी समूहलाई प्रधानमन्त्री भेट्न नसकेका कारण वेवास्ताको रूपमा नलिन आग्रह गरे। “प्रधानमन्त्री व्यस्तताका कारण भेट गर्न नसकिएको मात्र हो, सरकार युवा आवाजप्रति संवेदनशील छ,” उनले स्पष्ट गरे।

यसैबीच, मन्त्री खरेलले नेपाल पानीजहाज कार्यालयमा कार्यरत सहसचिव प्रेमकुमार सिंहले पेश गरेको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेको जानकारी दिए त्यसैगरी, मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका पूर्वाधार विकास, अनुगमन र समन्वयका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा नयाँ समिति गठन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय