२०८२ माघ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
झापा क्षेत्र नं ५ केन्द्रित ओलीको व्यस्त चुनावी कार्यक्रम | आयोगले ६ हजार ७४३ वडामा सञ्चालन गर्दै मतदाता शिक्षा कार्यक्रम | आजदेखि चुनावी सुरक्षार्थ निर्वाचन प्रहरी फिल्डमा खटाइयो | रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह सर्लाही भ्रमणमा | चुनावी दौडमा रहेका विनोद चौधरीको दुर्गेश थापासँग भेट | रुकुम पूर्वबाट दाङ जाँदै गरेको बोलेरो जिप सल्यानमा दुर्घटनाग्रस्त | नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो |

मधेश प्रदेश सरकारले स्नातक तह उत्तीर्ण गरी बेरोजगार रहेका युवाहरूलाई जीवननिर्वाह भत्ता उपलब्ध गराउने तयारी गरेको छ। मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार पत्रकार सम्मेलनमार्फत यस्तो निर्णयको जानकारी दिएका छन्।

मुख्यमन्त्री यादवका अनुसार, प्रदेशभित्र १८–३५ वर्ष उमेर समूहका करिब १ लाख ४८ हजार स्नातक पास गरी बेरोजगार युवा रहेका छन्। रोजगारी नपाउँदा कतिपय युवा गलत क्रियाकलापतर्फ तिरिएको अवस्था देखिँदा सरकारले उनीहरूलाई सही दिशामा लग्ने उद्देश्यसहित प्रतिमहिना दुई हजार रुपैयाँ भत्ता उपलब्ध गराउने योजना अघि बढाएको हो।

यस्तै, बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्‍याएका किसानहरूलाई पनि राहत प्रदान गर्ने निर्णय गरिएको छ। डुबानमा परी धानबाली गुमाएका किसानहरूले स्थानीय तहमा क्षति विवरण दर्ता गरेपछि, सरकारले प्रतिकट्ठा १ हजार ५०० रुपैयाँ रकम उपलब्ध गराउने जनाएको छ।

मुख्यमन्त्रीले यस योजनामार्फत बेरोजगार युवालाई आर्थिक सहयोगसँगै सही मार्गदर्शन गर्ने र कृषक परिवारलाई आंशिक राहत उपलब्ध गराउने उद्देश्य रहेको स्पष्ट पारेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय