मधेश प्रदेशको राजनीतिक विवाद चुलिंदै गएको बीच सातदलीय मोर्चाले जनकपुरमा ठूलो प्रदर्शन गरेको छ। प्रदेश सरकार गठनमा भएको विवाद र सभामुख रामचन्द्र मण्डलविरुद्धको असन्तुष्टिले प्रदर्शनलाई अझ उग्र बनाएको हो।
सात दलका कार्यकर्ता र नेताहरू प्रदेशसभा भवन अगाडि भेला भएर सभामुखको निर्णयलाई ‘एकपक्षीय र अनुचित’ भन्दै विरोध गरेका थिए।
हालै सभामुख मण्डलले प्रस्तावका लागि पुगेका सांसदसँग हातपात भएको घटनापछि पाँच सांसदलाई पदमुक्त गरेपछि विवाद थप चर्किएको थियो। यही कदमविरुद्ध गठबन्धन दलहरूले संयुक्त रुपमा सडकमा उत्रिएर सभामुखको निर्णय तुरुन्त खारेज गर्न माग गरे।
प्रदर्शनका कारण प्रदेशसभा क्षेत्र वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
- वल्ड इन्फो नेपालीhttps://nepali.worldinfonews.com/news/author/editor