२०८३ आश्विन २० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

नेपाल राष्ट्र बैंकले नयाँ श्रृंखलाको १०० रुपैयाँ दरको नोट आजबाट औपचारिक रूपमा देशभर वितरण सुरु गरेको छ। नोटको मुख्य आकर्षण यसपटक बीचभागमा राखिएको नेपालको चुच्चे नक्सा बनेको छ। राष्ट्र बैंकका अनुसार सुरक्षा फिचरदेखि लिएर नोटको खाका भने पुरानै ढाँचामा छोडिएको छ।

यो नयाँ नोट चीनको बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनले छापेको हो। ग्लोबल टेन्डरमार्फत लागत कम परेकै कारण ठेक्का चीनलाई दिएको राष्ट्र बैंकले जनाएको छ। यसअघि पनि विभिन्न दरका नोटहरू छाप्ने जिम्मा यही कम्पनीले पाउँदै आएको इतिहास छ। भारतको नासिकस्थित प्रिन्टिङ प्रेसले १० र १००० दरका नेपाली नोट छापे पनि ५० दरका नोट सुरक्षा मापदण्डअनुसार उत्पादन गर्न नसक्दा तीन वर्षदेखि बजारमा अभाव देखिएको तथ्य बैंकले पुष्टि गरेको छ।

नयाँ १०० दरको नोट छपाइ चीनलाई दिएपछि भारतमा राजनीतिक र कूटनीतिक बहस एकैसाथ चलेको थियो। विशेषगरी सरकारले २०८१ वैशाखमा मन्त्रिपरिषद्मा लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नक्सा राखेर नोट छाप्ने निर्णय गरेपछि भारतले असन्तुष्टि प्रकट गरेको थियो। तर विशेषज्ञहरूले भारतको वास्तविक चिन्ता नक्सा भन्दा पनि ठूलो मूल्यको छपाइ ठेक्का चीनतर्फ गएको भन्ने तर्कसमेत सार्वजनिक गरिरहेका छन्।

चुच्चे नक्सा सम्बन्धी टिप्पणीका कारण पूर्व गभर्नर चिरञ्जीवी नेपाल विवादमा तानिँदै राष्ट्रपतिको आर्थिक सल्लाहकारबाट हटाइएका थिए। राष्ट्र बैंकले नयाँ नोट बजारमा आए पनि पुराना १०० दरका नोटहरू पहिलेझैँ चलिरहने स्पष्ट पारेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय