२०८३ श्रावण २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिनिधिसभामा साम्पाङको गुनासो– ‘देशमा सुरक्षा छैन, न्याय छैन, अवसर छैन’ | कप्तानी पाएपछि सन्दीपको रोहितलाई सन्देश– ‘तिम्रो योगदानको सधैं कदर हुनेछ’ | जापान पठाउने आश्वासनमा २ करोड ८० लाख असुली | के हो हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट बेलायत गएको घटना? | घारखोला आयोजनाको विद्युत्गृहमा पहिरो एक बेपत्ता | सन्दीपको कमब्याकसँगै टिमबाट बाहिरिए यी नाम | जेन–जी आन्दोलनका घटनाबारे छलफल गर्दै लेखा समिति | ग्यास अभाव टार्न भारतसँग थप ५ हजार मेट्रिक टन ग्यास माग | प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुँदै | नयाँ विधेयक: उडान ढिलाइ वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने |

धनुषाको कमला नगरपालिकामा पोखरी सौन्दर्यकरण परियोजनामा अनियमितता भएको आरोपमा नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। सार्वजनिक सम्पत्तिमा ठूलो हिनामिना भएको ठहरसहित आयोगले बिहीबार विशेष अदालतमा अभियोग दर्ता गराएको हो।

आयोगका अनुसार तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रकुमार सढान, लेखापाल सञ्जीनकुमार महतो, जिन्सी शाखा प्रमुख जुगलकिशोर यादव, कार्यपालिका सदस्यहरू धनेश्वर यादव, धर्मनाथ मण्डल, पल्टु कवारी, विनोद राम र समसुल मियाँ मोमिन पनि सोही प्रकरणमा संलग्न छन्।

यसैगरी इन्फ्रास्ट्रक्चर एस एन्ड बी बिल्डर्स प्रालि र कम्पनीका अध्यक्ष सन्तोषकुमार यादवमाथि पनि भ्रष्टाचारमा संलग्न भएको आरोप छ। आयोगले उनीहरूलाई मिलेमतोमा काम झिक्न, महँगो कबोल स्वीकृत गराउन र सरकारी रकम हिनामिना गर्न भूमिका खेलेको ठहर गरेको छ।

पोखरीको डिलमा माटो पुर्ने र घाट निर्माणसहितको यस आयोजनामा कम दर प्रस्ताव गरेको कम्पनीलाई पन्छाएर उच्च दर कबोल गर्ने कम्पनीलाई जिम्मा दिइएको आयोगको दाबी छ। यसरी गरिएको निर्णयबाट २९ लाख ४४ हजार १३७ रुपैयाँ बराबरको हानिनोक्सानी भएको उल्लेख गर्दै सोही रकम बिगो दाबी गरी मुद्दा दायर गरिएको हो।

अख्तियारका अनुसार पदको दुरुपयोग, आपसी मिलेमतो र सार्वजनिक सम्पत्तिको हानिको कारण सबै प्रतिवादी कानुनी प्रक्रियामा उभिनुपर्ने स्थिति आएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय