२०८३ आश्विन २० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

भदौ २३–२४ का जेनजी प्रदर्शनका बेला घातक हतियार प्रयोग भएको भन्ने प्रश्नपछि सरकारले सुरक्षा निकायलाई गैरघातक (नन–लेथल) साधनले सशक्त बनाउने तयारी तीव्र बनाएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार पर्याप्त नन–लेथल उपकरण नभएको कारण प्रहरीले आत्मरक्षा र भीड नियन्त्रणका संवेदनशील क्षणमा घातक हतियारतर्फ धकेलिनुपर्ने अवस्था बनिरहेको थियो।

संसदीय समितिमा जानकारी दिंदै गृहमन्त्रीले भने, “यदि गैरघातक हतियार पर्याप्त हुन्थे भने घातक हतियार प्रयोगको आवश्यकता स्वाभाविक रूपमा घट्थ्यो। सार्वजनिक सम्पत्ति र सुरक्षाकर्मीको जीवन जोगाउन पनि यस्तो विकल्प अनिवार्य रहेछ।”

सरकार कुन–कुन प्रकारका नन–लेथल उपकरण किन्न खोजिरहेको छ भन्ने विस्तृत विवरण भने गोप्य राखिएको छ। तर ‘मित्र राष्ट्रहरूसँग सहयोगको समन्वय भइरहेको’ मन्त्रालयको भनाइ छ।

दीर्घकालीन रूपमा सरकारले भीड व्यवस्थापन तथा सुरक्षामा गैरघातक रणनीतिलाई प्राथमिकता दिँदै घातक हतियारको प्रयोग क्रमशः न्यून बनाउने नीति अघि सारेको बताइन्छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय