२०८२ चैत्र १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री | पोखरामा अवैध ‘ट्रान्स पार्टी’मा छापा विदेशीसहित ३८ जना पक्राउ | सुनको मूल्यमा भारी उछाल चाँदी पनि महँगियो | पुरानै टिममा भरोसा बालेनले सुरेन्द्र बजगाईंलाई दिए प्रेस संयोजकको जिम्मा | एमाले प्रदर्शनमा कुटिएका वृद्धलाई गृहमन्त्री सुदन गुरुङले घरमै गएर भेटे | ललितपुरमा एमालेको प्रदर्शनका क्रममा वृद्धमाथि आक्रमणमा संलग्न युवक प्रहरी नियन्त्रणमा | संविधान संशोधन कार्यदलमा असिम शाहको नेतृत्व, योग्यता र पुराना अभिव्यक्तिमाथि बहस चर्कियो | अब जुनसुकै सरकारी अस्पतालबाट वैदेशिक रोजगारका लागि स्वास्थ्य परीक्षण | अध्यागमनको कालोसूचीमा व्यवसायी दीपक भट्ट | राज्यको प्रतिशोधविरुद्ध एकताबद्ध हुन एमालेको अपिल |

जेनजी आन्दोलनको भूमध्यमा परेर भदौ २४ गते जलेश्वर कारागारबाट भागेका कैदीबन्दीमध्ये ठूलो संख्या अझै फरार छ। कारागार तोडफोडपछि ५७६ मध्ये ३०३ जना मात्र पुनः कारागार फर्किएपछि २७३ कैदीबन्दीको खोजतलासी लगातार जारी छ।

जेलर अशोककुमार क्षेत्रीका अनुसार भागेका कैदीमध्ये केहीले स्वेच्छिक रूपमा फर्किने क्रम जारी छ भने केहीलाई पक्राउ गर्न प्रहरीले सक्रिय खोजी चलाइरहेको छ। कारागार प्रशासनले भदौ २५ गते नै स्वेच्छाले फर्किन सार्वजनिक आह्वान गरेको थियो।

फर्किन नआउने कैदीबन्दीमाथि कारागार ऐन २०७९ तथा प्रचलित कानुनअनुसार कडा कारबाही हुने चेतावनी दिइएको छ। त्यस्तै, फरार कैदीलाई लुकाउने, आश्रय दिने वा सहयोग गर्ने व्यक्तिमाथि पनि सोही कानुनअनुसार कारबाही हुने जेलर क्षेत्रीले स्पष्ट पारे।

फरारमध्ये १३ जना भारततर्फ भाग्ने प्रयास गर्दै गर्दा भारतीय प्रहरीले पक्राउ गरी जलेश्वर कारागार फर्काउन सहयोग गरेको पनि क्षेत्रीले जानकारी दिए। बाँकी कैदीबन्दी भने स्वयं कारागारमै हाजिर भएका हुन्।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार प्रहरी टोलीले बेपत्ता कैदीहरूको ठेगानाको खोजी तीव्र बनाइरहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय