२०८२ चैत्र १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एमाले संसदीय दलको नेतामा 'बादल' निर्विरोध: सुहाङको दाबी फिर्ता गर्न लगाईयो ! | उच्च अदालतको फैसलाले महेश बस्नेत विरुद्ध शोभा पाठकले लगाएको आरोप खारेज | चरित्रहत्या विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् अमिशा पराजुली | को बन्ला बालेन सरकारको महान्यायाधिवक्त्ता? | प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री | पोखरामा अवैध ‘ट्रान्स पार्टी’मा छापा विदेशीसहित ३८ जना पक्राउ | सुनको मूल्यमा भारी उछाल चाँदी पनि महँगियो | पुरानै टिममा भरोसा बालेनले सुरेन्द्र बजगाईंलाई दिए प्रेस संयोजकको जिम्मा | एमाले प्रदर्शनमा कुटिएका वृद्धलाई गृहमन्त्री सुदन गुरुङले घरमै गएर भेटे | ललितपुरमा एमालेको प्रदर्शनका क्रममा वृद्धमाथि आक्रमणमा संलग्न युवक प्रहरी नियन्त्रणमा |

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्समाथि अन्तिम ओभरसम्म तानिएको संघर्षमा ७ विकेट गुमाउँदै रोमाञ्चक जित दर्ता गरेको छ। लगातार तीन खेलमा पराजित रहेको लुम्बिनीका लागि यो जित आत्मविश्वास फर्काउने मोड बनेको छ।

पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले १९.४ ओभरमा पूरा गर्‍यो। कप्तान रोहित पौडेलले दबाबका बीच बनाएको ४० रनको पारीले जितको आधार तयार गर्‍यो। रोहितले निरोधन डिक्वेलासँग तेस्रो विकेटका लागि ५४ रनको महत्वपू्र्ण साझेदारी गरे। डिक्वेला ३७ रन जोडेर पभेलियन फर्किएका थिए।

टप अर्डरमा डार्सी सर्ट ७ रनमै आउट हुँदा, सुमित महर्जन ०, दिलिप नाथ १०, गुल्बदिन नाइब १७ र रुवेन ट्रुम्पलमान १७ रनमा थम्पिएका थिए। तर अन्त्यतिर सन्दीप जोराले २५ रनको अविजित योगदान दिएपछि लुम्बिनीले खेल आफ्नो पक्षमा ल्यायो।

पोखराका बलरहरूले सुरुवातमै चापबाट खेलमा आकर्षक मोड ल्याएका थिए। विपिन खत्री, म्याट टेयलर र सागर ढकालले दुई–दुई विकेट लिए भने जिम्मी निशमले एक विकेट जोडे।

यसअघि टस हारेर ब्याटिङमा झरेको पोखराले २० ओभरमा ५ विकेट गुमाउँदै १५० रन बनाएको थियो। एडम वासिङटनको ६३ बलमा बनेको ८१ रन र जिम्मी निशमको ५१* रनको सहाराले पोखराले प्रतिस्पर्धी योगफल तयार गरेको थियो।

पहिलो चार विकेट ३३ रनमै गुमाएर संकटमा पुगेको पोखरालाई एडम–निशम जोडीले मजबुत बनाएका थिए। दिनेश खरेल ७, कप्तान कुशल भुर्तेल ०, सुमित वर्मा ० र तिर्थ दास १ रनमा आउट भए।

लुम्बिनीका शेर मल्ल र तिलक भण्डारीले दुई–दुई विकेट लिए भने गुल्ददिन नाइबले एक विकेट लिए। लगातार हारपछि आएको यो जितले लुम्बिनीलाई तालिकामा टिक्ने आशा दिएको छ भने पोखराले प्रतियोगिताको तेस्रो हार भोगेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय