२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्समाथि अन्तिम ओभरसम्म तानिएको संघर्षमा ७ विकेट गुमाउँदै रोमाञ्चक जित दर्ता गरेको छ। लगातार तीन खेलमा पराजित रहेको लुम्बिनीका लागि यो जित आत्मविश्वास फर्काउने मोड बनेको छ।

पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले १९.४ ओभरमा पूरा गर्‍यो। कप्तान रोहित पौडेलले दबाबका बीच बनाएको ४० रनको पारीले जितको आधार तयार गर्‍यो। रोहितले निरोधन डिक्वेलासँग तेस्रो विकेटका लागि ५४ रनको महत्वपू्र्ण साझेदारी गरे। डिक्वेला ३७ रन जोडेर पभेलियन फर्किएका थिए।

टप अर्डरमा डार्सी सर्ट ७ रनमै आउट हुँदा, सुमित महर्जन ०, दिलिप नाथ १०, गुल्बदिन नाइब १७ र रुवेन ट्रुम्पलमान १७ रनमा थम्पिएका थिए। तर अन्त्यतिर सन्दीप जोराले २५ रनको अविजित योगदान दिएपछि लुम्बिनीले खेल आफ्नो पक्षमा ल्यायो।

पोखराका बलरहरूले सुरुवातमै चापबाट खेलमा आकर्षक मोड ल्याएका थिए। विपिन खत्री, म्याट टेयलर र सागर ढकालले दुई–दुई विकेट लिए भने जिम्मी निशमले एक विकेट जोडे।

यसअघि टस हारेर ब्याटिङमा झरेको पोखराले २० ओभरमा ५ विकेट गुमाउँदै १५० रन बनाएको थियो। एडम वासिङटनको ६३ बलमा बनेको ८१ रन र जिम्मी निशमको ५१* रनको सहाराले पोखराले प्रतिस्पर्धी योगफल तयार गरेको थियो।

पहिलो चार विकेट ३३ रनमै गुमाएर संकटमा पुगेको पोखरालाई एडम–निशम जोडीले मजबुत बनाएका थिए। दिनेश खरेल ७, कप्तान कुशल भुर्तेल ०, सुमित वर्मा ० र तिर्थ दास १ रनमा आउट भए।

लुम्बिनीका शेर मल्ल र तिलक भण्डारीले दुई–दुई विकेट लिए भने गुल्ददिन नाइबले एक विकेट लिए। लगातार हारपछि आएको यो जितले लुम्बिनीलाई तालिकामा टिक्ने आशा दिएको छ भने पोखराले प्रतियोगिताको तेस्रो हार भोगेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय