२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले राजनीतिक परिवर्तनका लागि अब टुटफुट होइन, सहकार्य र एकताले मात्र परिणाम दिन सक्ने बताएकी छन्। रास्वपासँग औपचारिक रूपमा एकता घोषणा गरेपछि बोल्दै उनले विगतका गल्ती र विभाजनले ठूलो पाठ सिकाएको भन्दै आगामी दिनमा ‘जुटेर अघि बढ्ने’ प्रतिबद्धता दोहोर्याइन्।

उनका अनुसार विवेकशील साझा पार्टी र रास्वपाबीचको एकता सहज र स्वाभाविक रूपमा बनेको हो। ‘‘बहु टुटफुटको अनुभवले हामीलाई मिलेर काम गर्नुपर्छ भन्ने बुझाइ दियो,’’ उनले भनिन्, ‘‘यहाँ आउँदा भाँडभैलो हुन्छ कि भन्ने आशंका पनि थियो, तर अवस्था त्यसरी नबिग्रिने विश्वास अब स्पष्ट भएको छ।’’

दर्शनाले वैकल्पिक राजनीतिक शक्तिलाई सत्तामा पुर्‍याउन संगठनभित्रका सबैलाई एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिइन्। उनका अनुसार अब आउने निर्वाचन रास्वपाका लागि निर्णायक हुने भएकाले पार्टी कार्यकर्ताले बहुमत ल्याउने लक्ष्यसहित जुटनुपर्नेछ।

‘‘हामी बिलाउन होइन, मिलाउनका लागि आएका हौं,’’ उनले थपिन्, ‘‘देशले नयाँ विकल्प खोजिरहेको छ, त्यसैले आगामी चुनावमा वैकल्पिक शक्तिले अग्रता लिनैपर्छ।’’

उनले रास्वपाको नेतृत्वमा ‘जुटको राजनीति’ बलियो रूपमा अघि बढे मात्र देशमा आवश्यक सुधार र परिवर्तन सम्भव हुने दाबी गरिन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय