२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजले आइतबार कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै अंकतालिकामा माथि उठेको छ। चौथो जितसँगै काठमान्डुले ८ अंक जोड्दै प्लेअफ प्रवेश नजिक पुगेको छ।

६ खेलमा ४ जित र २ हार निकालेको काठमान्डु रनरेटको आधारमा विराटनगर किंग्समाथि अगाडि छ। सुदूरपश्चिम पाँच खेलमा १० अंकसहित प्लेअफमा प्रवेश गरिसकेको छ।

पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको थियो। सातौं नम्बरमा ब्याटिङ आएका गुल्सनले २२ बलमा ६ चौका र ३ छक्कासहित अविजित ४९ रन जोड्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याए। पवन सराफले ३५ र मार्क वाटले ३० रनको योगदान दिए।

काठमान्डुले १८ ओभरमा पाँच विकेट गुमाएर १५५ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो। जेरार्ड एरासमसले ३३ बलमा २ चौका र ३ छक्का सहित ४३ रन अविजित बनाएका थिए भने जोन सिम्पसनले २१ बलमा ४ चौका र २ छक्का मार्दै ४१ रन जोड्दा चौथो विकेटका लागि ८६ रनको महत्वपूर्ण साझेदारी गरे।

बलिङतर्फ कर्णालीका नन्दन यादवले ३ तथा पवन सराफले १ विकेट लिए। कर्णालीको पाँच खेलमा चौथो हार भएपछि प्लेअफ सम्भावना अहिले कठिन बन्दै गएको छ।

यस जितसँगै काठमान्डु प्लेअफको दौडमा मजबुत बनेको छ भने कर्णालीले आगामी खेलमा जित निकाल्नैपर्ने चुनौती पाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय