२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी |

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्दैछ। पछिल्ला केही सातादेखि निरन्तर छलफल गरिँदै आएको पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका आजको बैठकबाट टुंगिन सक्ने अनुमान गरिएको छ।

कार्यबाहक सभापति पूर्णबहादुर खड्का र सभापति शेरबहादुर देउवाबीच नियमित महाधिवेशन र विशेष महाधिवेशनका मागलाई एउटै निष्कर्षमा ल्याउन पटक–पटक छलफल भए पनि सहमति नजुटेपछि देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरूसँग विस्तृत परामर्श गरेका थिए। देउवा आमनिर्वाचनअघि नै महाधिवेशन सम्पन्न गर्नुपर्ने पक्षमा देखिँदै आएका छन्।

लगातार बैठक बसे पनि महाधिवेशनबारे ठोस टुंगो ननिकालेको कांग्रेसले अब मध्यमागी प्रस्तावमार्फत सहमतिको बाटो खोल्ने संकेत देखिएको छ। विशेष महाधिवेशनको माग फिर्ता भए नियमित कार्यतालिका अघि बढ्न सक्ने कुराले नेतृत्व भित्र सकारात्मक वातावरण बनेको एक गणमान्य नेताले बताएका छन्।

यही कारणले सभापति देउवाले आइतबार बिहानै कार्यबाहक सभापति खड्का र केन्द्रीय सदस्य रमेश लेखकलाई पुस मसान्तभित्र महाधिवेशन गर्नेगरी सोमबारको बैठकमा कार्यतालिका पेश गर्न निर्देशन गरेका हुन्। विशेष महाधिवेशनको दाबी गरिरहेका महामन्त्री गगन थापा पनि सबै पक्ष इमानदारीपूर्वक लागे पुसभित्रै महाधिवेशन सम्भव हुने धारणा राखिरहेका छन्।

असोज २९ गते दर्ता भएको विशेष महाधिवेशनको निवेदनअनुसार पुस २८ गतेभित्र बोलाउनुपर्ने संवैधानिक प्रावधानले पनि कांग्रेसलाई चाँडो निर्णय गर्न बाध्य बनाएको छ। पुस २७ गतेदेखि महाधिवेशन सुरु गर्ने सम्भावित तालिका तयार हुँदै गएपछि आजको बैठकले अन्तिम निर्णयतर्फ अग्रसर हुने संकेत देखिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय