२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्दैछ। पछिल्ला केही सातादेखि निरन्तर छलफल गरिँदै आएको पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका आजको बैठकबाट टुंगिन सक्ने अनुमान गरिएको छ।

कार्यबाहक सभापति पूर्णबहादुर खड्का र सभापति शेरबहादुर देउवाबीच नियमित महाधिवेशन र विशेष महाधिवेशनका मागलाई एउटै निष्कर्षमा ल्याउन पटक–पटक छलफल भए पनि सहमति नजुटेपछि देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरूसँग विस्तृत परामर्श गरेका थिए। देउवा आमनिर्वाचनअघि नै महाधिवेशन सम्पन्न गर्नुपर्ने पक्षमा देखिँदै आएका छन्।

लगातार बैठक बसे पनि महाधिवेशनबारे ठोस टुंगो ननिकालेको कांग्रेसले अब मध्यमागी प्रस्तावमार्फत सहमतिको बाटो खोल्ने संकेत देखिएको छ। विशेष महाधिवेशनको माग फिर्ता भए नियमित कार्यतालिका अघि बढ्न सक्ने कुराले नेतृत्व भित्र सकारात्मक वातावरण बनेको एक गणमान्य नेताले बताएका छन्।

यही कारणले सभापति देउवाले आइतबार बिहानै कार्यबाहक सभापति खड्का र केन्द्रीय सदस्य रमेश लेखकलाई पुस मसान्तभित्र महाधिवेशन गर्नेगरी सोमबारको बैठकमा कार्यतालिका पेश गर्न निर्देशन गरेका हुन्। विशेष महाधिवेशनको दाबी गरिरहेका महामन्त्री गगन थापा पनि सबै पक्ष इमानदारीपूर्वक लागे पुसभित्रै महाधिवेशन सम्भव हुने धारणा राखिरहेका छन्।

असोज २९ गते दर्ता भएको विशेष महाधिवेशनको निवेदनअनुसार पुस २८ गतेभित्र बोलाउनुपर्ने संवैधानिक प्रावधानले पनि कांग्रेसलाई चाँडो निर्णय गर्न बाध्य बनाएको छ। पुस २७ गतेदेखि महाधिवेशन सुरु गर्ने सम्भावित तालिका तयार हुँदै गएपछि आजको बैठकले अन्तिम निर्णयतर्फ अग्रसर हुने संकेत देखिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय