२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो चार महिनामा करिब ३३ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयका अनुसार पेट्रोलियम पदार्थ, यातायातका साधन, फलाम, कपडा, मेसिनरी र इलेक्ट्रिक उपकरण आयातबाट उल्लेखनीय रकम उठेको छ।

विशेष विवरणअनुसार, पाँच प्रकारका पेट्रोलियम पदार्थको आयातबाट २२ अर्ब ९० करोड र यातायातका साधन तथा तिनका पार्टपुर्जाबाट १० अर्ब १० करोड राजस्व संकलन भएको छ। फलाम तथा फलामजन्य सामग्रीबाट चार अर्ब ५८ करोड, कपडाबाट चार अर्ब २५ करोड, मेसिनरी तथा पार्टपुर्जाबाट तीन अर्ब १७ करोड, र इलेक्ट्रिक मेसिनरी तथा उपकरणबाट तीन अर्ब ७ करोड राजस्व उठेको कार्यालयले जनाएको छ।

चार महिनामा वीरगञ्जबाट करिब २ खर्ब ८४ अर्ब ८९ करोड मूल्य बराबरका वस्तु आयात भएका थिए। यस अवधिमा संकलित कुल राजस्व ७५ अर्ब ५९ करोड पुगेको भन्सारले जानकारी दिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय