२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

प्रधानमन्त्री सुशीला कार्कीको आव्हानमा आज अपरान्ह ४ बजे बालुवाटारमा सर्वपक्षीय बैठक बस्ने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार आगामी निर्वाचनसम्बन्धी महत्वपूर्ण विषयहरूमा साझा धारणा बनाउन बैठक बोलाइएको हो।

छलफलमा प्रमुख पाँच राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (एकीकृत), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाका शीर्ष नेताहरू सहभागी हुनेछन्। साथै निर्वाचन आयोगका पदाधिकारी तथा सुरक्षा निकायका प्रमुखहरू समेत बैठकमा उपस्थित रहनेछन्।

बैठकको मुख्य एजेन्डा माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन तथा फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई सुचारु, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गर्ने तयारीको समीक्षा गर्ने रहेको छ।

सरकारले आगामी निर्वाचनलाई राजनीतिक सहमति र संस्थागत समन्वयमार्फत सफल बनाउन सर्वपक्षीय संवादलाई आवश्यक ठानेको बताइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय