२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भिमसेन थापाको निधन भएको छ। ललितपुरको हरिसिद्धि स्थित क्यान्सर अस्पतालमा उपचाररत थापाको हिजो बिहान ४६ वर्षको उमेरमा निधन भएको हो।

थापा १५ महिनादेखि प्यान्क्रियाज क्यान्सरबाट पीडित रहेकाले स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको अस्पतालले जनाएको छ।

कांग्रेस नेता समेत रहेका थापाको पशुपतिमा अन्त्येष्टि

नेपाली कांग्रेस क्षेत्र नं–२ का सचिवसमेत रहेका थापाको शवको हिजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। अन्तिम श्रद्धाञ्जलीका लागि कांग्रेसका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, महामन्त्री गगन थापा र कागेश्वरी मनोहरा नगरप्रमुख उपेन्द्र कार्की सहभागी भए।

नेताहरूले पार्टीको झण्डा ओढाएर थापाप्रति अन्तिम सम्मान प्रकट गरेका थिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय