२०८३ श्रावण २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई गीता उपहार दिएका छन्। दुईदिने भारत भ्रमणका क्रममा बिहीबार साँझ दिल्ली ओर्लिएका पुटिनलाई प्रधानमन्त्री मोदीले रुसी भाषामा लेखिएको गीताको प्रतिलिपि प्रदान गरेका हुन्।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “राष्ट्रपति पुटिनलाई रुसी भाषामा लेखिएको गीताको प्रतिलिपि दिएँ। गीताको शिक्षाले विश्वभरका लाखौँलाई प्रेरणा दिन्छ।”

राष्ट्रपति पुटिनलाई विमानस्थलमा प्रधानमन्त्री मोदीले स्वागत गरेका थिए। औपचारिक स्वागतपछि दुबै नेताले एउटै कारमार्फत मोदीको आधिकारिक निवास ७, लोक कल्याण मार्ग पुगेका थिए।

पुटिनको यो भ्रमण युक्रेनसँग युद्ध सुरु भएयता भारतको पहिलो भ्रमण हो। भ्रमणको क्रममा उनी २३औँ भारत–रुस वार्षिक शिखर सम्मेलनमा भाग लिनेछन्।

यस भेटघाटमा मोदी–पुटिनबीच द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य र रणनीतिक साझेदारीका विषयमा छलफल हुने अनुमान गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय