२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

माथिल्लो मुस्ताङमा बढ्दो चिसोका कारण दैनन्दिन जीवन कठोर बन्दै गएको छ। दिउँसो घामले केही राहत दिए पनि बिहान–बेलुकाको कडाकुञ्जोले स्थानीयवासी, कर्मचारी र सुरक्षा निकायको दिनचर्या निकै चुनौतीपूर्ण बनेको छ।

लोमान्थाङ–२ का वडाध्यक्ष कर्मा नाम्गेल गुरुङका अनुसार तापक्रम माइनस १५ डिग्रीसम्म झर्दा घर–घरका धारामार्ग बन्द हुने, सिँचाइ कुलो जम्ने र शौचालयका सेफ्टी ट्याङ्की समेत प्रभावित हुने अवस्था सिर्जना भएको छ। ‘धारोबाट पानी नझर्ने भएपछि घाम लाग्दा कुलोको पानी तताएर मात्र प्रयोग गर्नुपर्ने बाध्यता छ,’ उनले बताए।

चिसो सुरु भएसँगै कात्तिकमै धेरै स्थानीय तल बेसी झरिसकेका छन्। गत वर्ष नाका बन्द हुँदा सबैजसो मानिस तल झरत्थे, तर यो वर्ष व्यापार खुलेपछि करिब तीन सय नागरिक गाउँमै बसेको वडाध्यक्ष गुरुङको भनाइ छ।

पर्यटन व्यवसाय पनि चिसोको मारमा परेको छ। लोमान्थाङका दुई दर्जन होटलमध्ये अधिकांश बन्द भइसकेका छन्। ‘पर्यटक कमै छन्, चिसो अत्यधिक। स्थानीय र होटल व्यवसायी दुई महिनाका लागि तल झर्दैछन्,’ पर्यटन व्यवसायी राम गुरुङले बताए।

सिँचाइ कुलो जमेर घाम लाग्दा अचानक पानी बग्न सक्ने जोखिम भएकाले मुहानै बन्द गरिएको लोमान्थाङका वडाध्यक्ष ढुक्के विष्टले जानकारी दिए। चिसोका कारण विकास निर्माणका काम पनि पूर्ण रूपमा रोकिएको उनले बताए।

यता, चिसो बढेपनि माथिल्लो क्षेत्रमा रहेको प्रहरी एकाइ भने यथास्थानमा रहनुपर्ने जिल्ला प्रहरी कार्यालय मुस्ताङले स्पष्ट पारेको छ। कोरला नाका र भन्सार कार्यालय सञ्चालनमा रहेका कारण सुरक्षामा कुनै कमजोरी नआउने प्रहरी निरीक्षक सन्तोष बस्यालले बताए। ‘अत्यधिक हिमपातजस्ता आकस्मिक अवस्था बाहेक, केवल चिसोका कारण प्रहरी एकाइ तल झार्ने योजना छैन,’ उनले भने।

रासस

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय