२०८२ चैत्र २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
हेटौँडामा परीक्षा दिँदै गर्दा फेक क्यान्डिडेट पक्राउ, दुई जनामाथि अनुसन्धान | यस्तो छ एमाले बैठकको ६ बुँदे निर्णय | एक सातामै फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, काठमाडौँमा पेट्रोल २०२ रुपैयाँ | सुनको मूल्य यथावत्, चाँदीमा सामान्य वृद्धि | अनलाइन बोलपत्र ह्याक प्रकरण: निर्माण व्यवसायी सागर कटुवाल पक्राउ | रिक्त स्थानीय तहमा कर्मचारी पठाउन मन्त्रालय सक्रिय ७८ पालिकामा अधिकृत नियुक्त | सम्पत्ति शुद्धीकरण प्रकरण: दीपक भट्टमाथि १० दिन थुनामा राख्न अदालतको आदेश | बादलको अभिव्यक्तिपछि एमालेमा हलचल सचिवालय बैठक बोलाइयो | सार्वजनिक सेवा र कर्मचारी आचरणमा सुधारका लागि मुख्य सचिवले दिए सबै निकायलाई कडा निर्देशन | ‘राष्ट्रघाती सन्धी’ भन्दै एमसीसी खारेज गर्न हर्क साम्पाङको माग |

बिरामी बोक्न प्रयोग हुने नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा दर्ता गरिएको एम्बुलेन्समा लुकाइराखिएको ५१ किलो ५ सय ग्राम गाँजा सर्लाही प्रहरीले बरामद गरेको छ। हरिवन नगरपालिका–५, घुर्कौलीस्थित हिरालाल टोलमा ज १ च १५५८ नम्बरको एम्बुलेन्सको पछाडिपट्टि बोराभित्र राखिएको गाँजा प्रहरीले नियन्त्रणमा लिएको हो।

एम्बुलेन्स चालक ३७ वर्षीय सुरेन्द्र राय यादव रौतहटको यमुनामाई गाउँपालिका–४, सरुअठा बस्ने भएको बताइएको छ। बरामद गाँजाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार सर्लाहीको चुरे क्षेत्रमा व्यवसायिक रूपमा गाँजा खेती हुँदै आएको छ र उत्पादित गाँजा बिक्रीका लागि भारत पठाउने गरिएको छ।

यस अघि मात्रै प्रहरीले लालबन्दी नगरपालिका–११, हीरापुरबाट ५२ किलो गाँजा सहित पिकअप भ्यानसहित एक जनालाई नियन्त्रणमा लिएको थियो। यस घटनाले एम्बुलेन्समार्फत लागुऔषध ओसारपसार भइरहेको खुलासासँगै प्रहरीको नजर इलाकामा थप कडा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय