२०८३ श्रावण २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिनिधिसभामा साम्पाङको गुनासो– ‘देशमा सुरक्षा छैन, न्याय छैन, अवसर छैन’ | कप्तानी पाएपछि सन्दीपको रोहितलाई सन्देश– ‘तिम्रो योगदानको सधैं कदर हुनेछ’ | जापान पठाउने आश्वासनमा २ करोड ८० लाख असुली | के हो हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट बेलायत गएको घटना? | घारखोला आयोजनाको विद्युत्गृहमा पहिरो एक बेपत्ता | सन्दीपको कमब्याकसँगै टिमबाट बाहिरिए यी नाम | जेन–जी आन्दोलनका घटनाबारे छलफल गर्दै लेखा समिति | ग्यास अभाव टार्न भारतसँग थप ५ हजार मेट्रिक टन ग्यास माग | प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुँदै | नयाँ विधेयक: उडान ढिलाइ वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने |

नागढुङ्गा–नौबिसे–मलेखु सडक स्तरोन्नति कार्य लामो समयदेखि सुस्त रहेपछि सरकारले अब दैनिक पाँच घण्टा पूर्णरूपमा सडक बन्द गरेर निर्माणलाई तीव्र बनाउने निर्णय गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरोकारवालासँग छलफल गरेपछि यो आंशिक बन्दको उपाय लागु गर्न लागेको हो।

निर्माण व्यवसायी र आयोजनाका इन्जिनियरहरूका अनुसार सवारीको सतत भीडका कारण भारी उपकरण चलाउन कठिन भइरहेको थियो। त्यसैले ट्राफिक रोक्नुपर्ने आवश्यकताबारे बारम्बार ध्यानाकर्षण गराउँदै आएका थिए।

जिल्ला प्रशासन कार्यालय काठमाडौं र धादिङले संयुक्त सूचना जारी गर्दै यही २४ मङ्सिरदेखि १ पुससम्म हरेक दिन बिहान १०ः३० देखि अपराह्न ३ः३० सम्म सडक पूर्णरूपमा बन्द रहने जनाएका छन्। यात्रु तथा चालकलाई उक्त समयअघि वा पछि यात्रा व्यवस्थापन गर्न आग्रह गरिएको छ।

त्रिभुवन राजपथअन्तर्गत पर्ने नागढुङ्गादेखि पिप्लामोड खण्ड अत्यन्तै साँघुरो भएकोले एकै पटक धेरै भारी उपकरण परिचालन गर्नुपर्ने बताइएको छ। उता धादिङतर्फ पोखरेभिर क्षेत्र पनि जोखिमपूर्ण भएकाले सडक चौडाइ मिलाउन निर्माणलाई सहज बनाउने आवश्यकता देखिएको छ।

सूचना अनुसार बन्दका समयमा काठमाडौंबाट नौबिसेतर्फ जाँदै गरेका सवारी साधन नागढुङ्गा चेकपोस्टमै रोकिनेछन्। अत्यावश्यक सेवा—एम्बुलेन्स, सुरक्षा निकायका गाडी, दमकल तथा शववाहन—लाई भने ट्राफिक प्रहरीले विशेष रूपमा सहजीकरण गर्नेछ।

मुग्लिङतर्फबाट काठमाडौं आउन लागेको सवारी खानीखोला, जुंगेखोला, गल्छी, बैरेनी र मासटार जस्ता स्थानमा थुनिनेछन्। साना तथा मध्यम सवारी अत्यावश्यक अवस्थामा सीतापाइला–भीमढुङ्गा, रामकोट–धार्के, सामाखुसी–टोखा–छहरे जस्ता वैकल्पिक सडकमार्ग प्रयोग गर्न सक्नेछन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय