२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

गृह मन्त्रालयले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका सुशासनका अभियन्ताहरूलाई औपचारिक सम्मान दिने उद्देश्यले नयाँ निर्देशिका जारी गरेको छ। देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई प्रमुख जिल्ला अधिकारी (सिडीओ) को कार्यकक्षमा ४५ जना ‘जेन–जी सुशासन योद्धा’को नामावली राख्न तीन दिनभित्र आवश्यक तयारी पूरा गर्न भनिएको छ।

मन्त्रालयले जारी गरेको परिपत्रअनुसार, यस निर्णयलाई तुरुन्त प्रभावमा कार्यान्वयन गर्न स्थानीय प्रशासनले आवश्यक समन्वय र व्यवस्थापन गर्नुपर्नेछ। गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा बसेको मन्त्रिस्तरीय बैठकले सोमबारै यो व्यवस्था लागू गर्ने निर्णय गरेको बताइएको छ।

गत भदौ २३ र २४ मा जेन–जी आन्दोलनका क्रममा भएको सुरक्षा निकायसँगको भिडन्तमा ४५ जनाको मृत्यु भएपछि सरकारले उनीहरूलाई औपचारिक रूपमा सहिद घोषणा गरेको थियो। सहिद घोषणा सम्बन्धी सूचना कात्तिक १७ गते नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ।

मन्त्रालयका अनुसार, सिडीओ कार्यालयमा नामावली राखिनुले केवल सम्मान मात्र हुने होइन, राज्यले नागरिकको आवाज र आन्दोलनलाई कस्तो महत्त्व दिन्छ भन्ने सन्देश पनि जानेछ। प्रशासनिक संरचनाभित्रै सहिदको सम्झना राखिनुले भविष्यमा सार्वजनिक जवाफदेहितासम्बन्धी चेतना बढाउने अपेक्षा पनि गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय