२०८३ असार १ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बेलायतमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाइने | संसद् भवन ढिलाइप्रति सभामुख आक्रोशित, ‘अब दैनिक १ करोड जरिवाना लाग्न सक्छ’ | पद्मा अर्यालको चुनौती– गिरीबन्धु, ओम्नी र वाइडबडीको फाइल खोल्नुस् | टेम्पो भीरमा खसालेको घटनाको सत्यतथ्य खोज्न पाँच सदस्यीय समिति | प्रहरीको व्यवहारप्रति हर्क साम्पाङको असन्तुष्टि, ‘नागरिकले सुरक्षा होइन त्रास महसुस गरिरहेका छन्’ | बजेटले दिएको भन्दा बढी लिएको छ : कांग्रेस सभापति गगन थापा | चर्चित सेफ सन्तोष साह किन परे हिरासतमा ? के हो मुद्दाको वास्तविकता ? | कैलालीमा टेम्पो भीरमा खसाल्ने कार्यमा संलग्न १० जना प्रहरी नियन्त्रणमा | संविधान संशोधनका लागि एमालेको कार्यदल सक्रिय : महेश बर्तौलालाई पाए जिम्मेवारी | विद्यालयमा खेलमैदान र खेल आधारित पाठ्यक्रम विकास गर्न मन्त्रालयको आग्रह |

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई जानकारी दिँदै अमेरिकी चिप निर्माता कम्पनी एनभिडियालाई चीनमा एआई चिप एच -२०० निर्यात गर्न अनुमति दिएको घोषणा गरेका छन्। अमेरिकाले लगाएको पुरानो प्रतिबन्ध हटेपछि चीनले अब एच -२०० मोडेलका चिप किन्न पाउनेछ।

यो चिप एनभिडियाले हालै सार्वजनिक गरेको अत्याधुनिक ब्ल्याकवेल चिपभन्दा धेरै पुरानो र कम शक्तिशाली मानिन्छ। तर, यसले चीनको एआई बजारमा ठूलो कारोबार सम्भावना खोलिदिएको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको धारणा छ। एनभिडियाका अनुसार कम्पनीसँग अहिले नै ५०० अर्ब डलरभन्दा बढीका अत्याधुनिक चिप अर्डर रहेका छन्, र चीनको माग थपिएपछि यो रकम झन् बढ्ने सम्भावना छ।

ट्रम्पले ट्रुथ सोशलमा लेख्दै भने, “अमेरिकाले राष्ट्रिय सुरक्षाको प्राथमिकता कायम राख्दै एच -२०० चिप चीनका स्वीकृत ग्राहकलाई पठाउन दिने निर्णय गरेको छ।

राष्ट्रपति सीले यसलाई सकारात्मक रुपमा लिए।” उनका अनुसार इन्टेल र एएमडी जस्ता अन्य ठूला अमेरिकी चिप कम्पनीले पनि चाँडै चीनमा आफ्ना चिप बेच्न पाउने छन्। उनले यो निर्णयले अमेरिकामा रोजगारी तथा उत्पादन वृद्धि हुने दाबी गरे।

एनभिडियाले राष्ट्रपति ट्रम्पको निर्णयलाई स्वागत गर्दै भनेको छ, “अमेरिकाको उच्च तलबको रोजगारी, उत्पादन र प्रतिस्पर्धालाई मद्दत गर्ने यस कदमलाई हामी सकारात्मक मान्छौं।” कम्पनीका सीईओ जेन्सेन हुआङले चीनमा केही मोडेलका चिप बिक्री गर्न अनुमति दिन लगातार आग्रह गर्दै आएका थिए।

ट्रम्पको यो कदमलाई केही विश्लेषकहरूले चीनसँग बढ्दो टेक–दौडमा अमेरिकाको ‘नयाँ रणनीतिक सम्झौता’का रूपमा पनि हेरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय