२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

लगातार छ दिन ओरालो लागेको पुँजी बजार आज भने हल्का सुधारतर्फ उभिएको छ। नेप्से परिसूचक ७.३९ अंकले बढ्दै २,६१४.०७ मा पुगेको छ, जसले बजारमा रहेको बेचबिखनको दबाब अलि कम भएको संकेत दिएको छ।

३३१ कम्पनीका ८७ लाखभन्दा बढी कित्ता शेयर ६२ हजारभन्दा बढी पटक किनबेच हुँदा कुल कारोबार रकम करिब रु ३ अर्ब ७५ करोडमा सीमित रह्यो—अघिल्ला दिनको तुलनामा अझै खुम्चिएको अवस्था।

आज बैंकिङ, लघुवित्त, निर्जीवन बीमा र व्यापार समूह भने हल्का घटे। तर बाँकी सबै उपसूचकहरू हरियो बने। विकास बैंक, वित्त, होटल–पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा र उत्पादन–प्रशोधन समूह सबैले उल्लेख्य प्रतिशतले वृद्धि गरे।

स्वस्तिक लघुवित्त र श्रीनगर एग्रीटेक इन्डस्ट्रिजमा आज सकारात्मक सर्किट लाग्यो भने सबैभन्दा धेरै घट्ने कम्पनी हिमस्टार ऊर्जा रह्यो, जसको मूल्य ३.८८ प्रतिशत घट्यो।

कारोबारका हिसाबले आज सबैभन्दा अगाडि ङादी ग्रुप पावर रह्यो—रु ३१ करोडभन्दा बढीको झन्डै ७ लाख ७० हजार कित्ता शेयर हातबदली भयो।

बजारमा लामो समयपछि देखिएको यस हल्का सुधारले लगानीकर्तामा केही आशा जगाएको भए पनि कारोबार रकम कमजोर रहनु समग्र बजारका लागि चुनौती बनेको विश्लेषकहरूको मूल्यांकन छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय