२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरबीच आज सिंहदरबारमा सौजन्य भेटवार्ता सम्पन्न भएको छ।

दुवै पक्षले नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष, विकसित हुँदै गएको सहकार्य र वर्तमान राजनीतिक तथा प्रशासनिक प्राथमिकताबारे विस्तृत कुराकानी गरेका छन्।

भेटका क्रममा मन्त्री खरेलले नेपालमा भइरहेको राजनीतिक प्रक्रिया, आगामी निर्वाचन तयारी र सुशासनलाई प्राथमिकतामा राखेर सरकारले थालेका कदमबारे जानकारी गराए। उनले भ्रष्टाचार नियन्त्रण, चुनावलाई स्वच्छ र निष्पक्ष बनाउने तथा प्रशासनिक पारदर्शितालाई मजबुत बनाउने लक्ष्यसहित सरकार अघि बढिरहेको बताए।

साथै, नेपालमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रलाई सुदृढ बनाउन भारतबाट प्राप्त हुँदै आएको सहयोगप्रति मन्त्री खरेलले आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहकार्य निरन्तर रहने अपेक्षा व्यक्त गरे।

अतिरिक्त सचिव महावरले समेत नेपाल–भारतबीचको परम्परागत मित्रता र विश्वासलाई थप मजबुत बनाउन भारत प्रतिबद्ध रहेको बताए। उनले नेपालले पहिचान गरेका प्राथमिक परियोजना तथा क्षेत्रमा सहकार्य गर्न भारत सधैँ तयार रहेको उल्लेख गरे।

शिष्टाचार भेट भए पनि भेटवार्ताले दुई देशबीचको प्राविधिक सहयोग, राजनीतिक समझदारी र द्विपक्षीय सम्बन्धका संवेदनशील पक्षहरूलाई अझ स्पष्ट दिशाबोध गराएको मन्त्रालयले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय