२०८३ आश्विन २० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

मधेस प्रदेशका एमाले नेता शिवशंकर साह ‘हिरा’लाई १३ वर्षीया बालिकालाई बन्धक बनाएर बलात्कार गरेको गम्भीर आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ। परिवारले दिएको उजुरीपछि उनी केही समयदेखि फरार रहेको जनाइएको थियो।

उजुरीअनुसार, कात्तिक २२ गते जनकपुरको जानकी चोक नजिकै रहेको एक होटेलमा साहले बालिकालाई जबर्जस्ती थुनाबन्दी गरेर दुई दिनसम्म निरन्तर दुव्र्यवहार गरेका थिए। बालिकाका अभिभावकले घटना सार्वजनिक गरेपछि उनलाई पक्राउ गर्न ठूलो खोजी थालिएको थियो।

फरार साह भारततर्फ लागेको प्रहरीले पत्ता लगाएपछि नेपाल–भारत समन्वयमार्फत सीतामढीबाट पक्राउ गरिएको जनाइएको छ। मंगलबार राति उनलाई नेपाल ल्याइ अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। साह एमाले मधेस प्रदेश कमिटीका सदस्य र जनकपुर उपमहानगर कमिटीका इन्चार्ज रहेका कारण यो घटना राजनीतिक वृत्तमै ठूलो विवादको विषय बनेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय