२०८२ माघ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह सर्लाही भ्रमणमा | चुनावी दौडमा रहेका विनोद चौधरीको दुर्गेश थापासँग भेट | रुकुम पूर्वबाट दाङ जाँदै गरेको बोलेरो जिप सल्यानमा दुर्घटनाग्रस्त | नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ |

उत्तरी गोरखा–धार्चे गाउँपालिका–२ रुञ्चेतका बासिन्दाले ३८ वर्षसम्म शिक्षा सेवा समर्पित गरेका शिक्षक इन्द्र उपरकोटीलाई हेलिकप्टरमार्फत सम्मानपूर्वक विदाइ गरेका छन्। करिब चार दशकदेखि गाउँकै गण्डकी माध्यमिक विद्यालयमा अध्यापन गर्दै आएका उपरकोटीलाई मंगलवार एक विशेष समारोह आयोजना गरी फूलमाला र भावनात्मक शुभकामनासहित बिदाइ गरिएको हो।

उपरकोटीले २०४५ साल फागुन १९ गतेबाट शिक्षक जीवन सुरु गरेका थिए। प्राथमिक तहबाट प्रारम्भ भएको विद्यालयलाई निम्न माध्यमिक हुँदै माध्यमिक तहसम्म विकास गराउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए। शिक्षा क्षेत्रप्रतिको उनको लगनशीलता, अनुशासन र निरन्तरताले विद्यालयलाई मात्र होइन, गाउँलाई समेत परिवर्तन गरेको गाउँलेको भनाइ छ।

विदाइ कार्यक्रम गाउँकै खेलमैदानमा आयोजना भएको थियो। ठूलो संख्यामा उपस्थित स्थानीयवासी, पूर्वविद्यार्थी र शिक्षकहरूले उपरकोटीप्रति आफ्नो कृतज्ञता व्यक्त गरे। उनीहरूका अनुसार उपरकोटी गाउँमा मात्र होइन, प्रत्येक परिवारको दैनिक जीवनमा शिक्षा, संस्कार र अनुशासन भर्नमा मिसाल बनेका व्यक्ति हुन्।

अचानक गरिएको हेलिकप्टर विदाइले उपरकोटी स्वयं आश्चर्यचकित बने। सम्मान ग्रहण गर्दै उनले भने, “मैले त आफ्नो कर्तव्य पूरा मात्रै गरेको थिएँ। तर गाउँलेहरूले यति ठूलो माया र कदर दिनुहुन्छ भन्ने कहिल्यै सोचेको थिइनँ। आज मन निकै भावुक भएको छ।”

गाउँलेहरूका अनुसार गाउँमा बसेर निरन्तर पढाउने, विद्यालयलाई उकास्ने र नयाँ पुस्तालाई उज्यालो भविष्य दिने योगदानका कारण उपरकोटी ‘जीवनभर सम्झनलायक’ व्यक्ति बनेका छन्। गाउँलेहरूले दिएको यो हेलिकप्टर विदाइ ग्रामीण क्षेत्रमा शिक्षकप्रतिको सम्मान र कृतज्ञता कत्तिको गहिरो हुन्छ भन्ने उदाहरणका रूपमा हेरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय