२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

भिजिट भिसा तस्करीमार्फत अवैध रकम असुलेको आरोपमा सहसचिव तिर्थराज भट्टराईसहित ६ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। विमानस्थल अध्यागमनमा पहिलो जिम्मेवारी सम्हाल्ने अधिकारीहरूकै संलग्नतामा विदेश जाने नेपालीबाट गैरकानुनी रकम उठाइएपछि आयोगले विस्तृत अनुसन्धान गरी मुद्दा अघि बढाएको हो।

अख्तियारका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख भट्टराई, शाखा अधिकृत यज्ञ अर्याल र केही विचौलियाले भिजिट भिसा प्रक्रियालाई ‘व्यापार’ बनाइ आर्थिक लाभ उठाएको पाइएको छ। यसै आधारमा आयोगले सहसचिव भट्टराईविरुद्ध झण्डै ७९ लाख रुपैयाँ र अर्यालविरुद्ध ५ लाख रुपैयाँ बिगो दाबी गरेको छ।

अन्य चारजना प्रतिवादी पनि भिसा सुविधामा ‘सहजता गरिदिने’ नाममा रकम असुल्ने भूमिकामा रहेको आयोगको ठहर छ। विदेशी रोजगार र भ्रमणका नाममा भिजिट भिसा प्रकरण यसअघि पनि विवादमा परेको भए पनि यसपटक उच्च पदस्थ अधिकारीकै संलग्नता पत्ता लागेपछि छानबिन थप गम्भीर बन्दै गएको छ।

सहसचिव भट्टराई यसअघि पनि अनियमितताको आरोपमा विवादित बनेका थिए। २०७२ सालमा भूकम्प पीडितका लागि त्रिपाल खरिदमा अनियमितता गरेको मुद्दामा उनलाई अख्तियारले कारबाही चलाएको थियो। विशेष अदालतबाट उनी सफाइ पाए पनि उनको नाम फेरि भ्रष्टाचार प्रकरणमा जोडिनुले राज्यका संवेदनशील कार्यालयहरूको पारदर्शिताबारे गम्भीर प्रश्न उठाएको छ।

अख्तियारले अब प्रमाणसहित मुद्दा अघि बढाउँदै सबै प्रतिवादीलाई कानुनबमोजिम सजाय माग गरेको छ। भिजिट भिसाको नाममा भएको दुर्व्यवहार रोक्न र अध्यागमन प्रणाली सफा बनाउन आयोगको यो कारबाही महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय