२०८२ चैत्र १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
ब्रिज कोर्सदेखि संविधान संशोधनसम्म: मन्त्रिपरिषद् बैठकका निर्णय | नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा |

भिजिट भिसा तस्करीमार्फत अवैध रकम असुलेको आरोपमा सहसचिव तिर्थराज भट्टराईसहित ६ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। विमानस्थल अध्यागमनमा पहिलो जिम्मेवारी सम्हाल्ने अधिकारीहरूकै संलग्नतामा विदेश जाने नेपालीबाट गैरकानुनी रकम उठाइएपछि आयोगले विस्तृत अनुसन्धान गरी मुद्दा अघि बढाएको हो।

अख्तियारका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख भट्टराई, शाखा अधिकृत यज्ञ अर्याल र केही विचौलियाले भिजिट भिसा प्रक्रियालाई ‘व्यापार’ बनाइ आर्थिक लाभ उठाएको पाइएको छ। यसै आधारमा आयोगले सहसचिव भट्टराईविरुद्ध झण्डै ७९ लाख रुपैयाँ र अर्यालविरुद्ध ५ लाख रुपैयाँ बिगो दाबी गरेको छ।

अन्य चारजना प्रतिवादी पनि भिसा सुविधामा ‘सहजता गरिदिने’ नाममा रकम असुल्ने भूमिकामा रहेको आयोगको ठहर छ। विदेशी रोजगार र भ्रमणका नाममा भिजिट भिसा प्रकरण यसअघि पनि विवादमा परेको भए पनि यसपटक उच्च पदस्थ अधिकारीकै संलग्नता पत्ता लागेपछि छानबिन थप गम्भीर बन्दै गएको छ।

सहसचिव भट्टराई यसअघि पनि अनियमितताको आरोपमा विवादित बनेका थिए। २०७२ सालमा भूकम्प पीडितका लागि त्रिपाल खरिदमा अनियमितता गरेको मुद्दामा उनलाई अख्तियारले कारबाही चलाएको थियो। विशेष अदालतबाट उनी सफाइ पाए पनि उनको नाम फेरि भ्रष्टाचार प्रकरणमा जोडिनुले राज्यका संवेदनशील कार्यालयहरूको पारदर्शिताबारे गम्भीर प्रश्न उठाएको छ।

अख्तियारले अब प्रमाणसहित मुद्दा अघि बढाउँदै सबै प्रतिवादीलाई कानुनबमोजिम सजाय माग गरेको छ। भिजिट भिसाको नाममा भएको दुर्व्यवहार रोक्न र अध्यागमन प्रणाली सफा बनाउन आयोगको यो कारबाही महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय