२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

भदौ २३–२४ मा भएको जेन–जी आन्दोलनका क्रममा सातै प्रदेशका ५४ जिल्लामा ठूलो जनधन तथा भौतिक क्षति भएको छ। आन्दोलनको मूल्यांकन तथा सार्वजनिक संरचना पुनर्निर्माण योजना तयार गर्न गठित समितिले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको छ।

समितिका अनुसार आन्दोलनका क्रममा ७७ जनाको मृत्यु भएको छ भने २,४२९ जना घाइते भएका छन्। भौतिक क्षतिको मूल्यांकन ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ पुगेको छ। यसमा २,१६८ निकाय वा संस्था प्रभावित भएका छन्।

समितिले पुनर्निर्माण कार्यका लागि ३६ अर्ब ३० करोड रुपैयाँको बजेट आवश्यक पर्ने अनुमान गर्दै विस्तृत कार्ययोजना पनि पेस गरेको छ। समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थले मन्त्रिपरिषद् बैठकमा प्रतिवेदनको सारांश प्रस्तुत गरेका थिए।

भवन, सवारी साधन, सरकारी र निजी क्षेत्रमा व्यापक क्षति देखिएको छ। २,६७१ भवनमा ३९ अर्ब ३१ करोड ७५ लाख रुपैयाँ बराबरको क्षति भएको छ भने १२,६५९ सवारी साधनमा १२ अर्ब ९३ लाख रुपैयाँ बराबरको नोक्सानी पुगेको छ। सरकारी/सार्वजनिक क्षेत्रको ४४ अर्ब ९३ करोड र निजी क्षेत्रको ३३ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

समितिले कार्यान्वयन योग्य पुनर्निर्माण योजना तयार पारेको भए पनि कार्यान्वयनका चुनौतीहरू अझै बाँकी छन्। आगामी दिनमा सरकार, प्रदेश र स्थानीय तह मिलेर पुनर्निर्माणको कार्य सुरु गर्ने अपेक्षा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय