२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

जेन–जी आन्दोलनमा सहभागीहरुमाथि प्रहरी हिरासतमा दुर्व्यवहार भएको आरोपपछि राष्ट्रिय मानव अधिकार आयोगले देशभरका प्रहरी हिरासतको निरीक्षण गरेको छ। आयोगको टोलीले विहीबार र शुक्रबार विभिन्न हिरासत स्थलमा पुगेर अवस्थाको तथ्य संकलन गरेको हो।

आयोगका अनुसार भदौ २३ र २४ मा भएका हिंसात्मक घटनापछि पक्राउ परेकाले यातना र अमानवीय व्यवहार सहनुपरेको दाबी गर्दै उजुरी दिएका थिए। सोही उजुरीको आधारमा आयोगले तत्कालै अनुगमन प्रक्रिया अघि बढाएको हो।

निरीक्षणबाट संकलित विवरणलाई आयोगले हाल विश्लेषण गर्दैछ। प्रारम्भिक तथ्य जाँचपछिको विस्तृत रिपोर्ट चाँडै सार्वजनिक गरिने जनाइएको छ। आयोगले प्रहरी हिरासतमा मानव अधिकार मापदण्ड पालनाको अवस्था अब आउने प्रतिवेदनमा स्पष्ट हुने जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय