२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

सडक स्तरोन्नतिको कारण पाँच घण्टा बन्द हुँदै आएको नागढुङ्गा–मलेखु सडकखण्ड शुक्रबार र शनिबार खुला राखिने भएको छ। एमालेको ११औं महाधिवेशनको उद्घाटनमा हुने भीड र सवारी चापलाई व्यवस्थापन गर्न सडक बन्द स्थगित गर्ने निर्णय लिइएको हो।

नागढुङ्गा–मुग्लिन सडक आयोजनाले मंसिर २४ देखि बिहान १०:३० देखि दिउँसो ३:३० बजेसम्म दैनिक पाँच घण्टा सडक बन्द गर्दै काम गरिरहेको थियो। तर दुई दिनका लागि मात्र सडक पूर्णरूपमा खुला गरिने र त्यसपछि पुनः पुरानै तालिका अनुसार बन्द गरी काम अघि बढाइने आयोजनाले जनाएको छ।

यस्तै, बुधबार युवा सङ्घ नेपालको टोलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङसँग भेट गरी महाधिवेशन अवधि सडक खुला राखिदिन आग्रह गरेको थियो। सोही अनुरोधपछि यातायात सहज बनाउन यस्तो निर्णय गरिएको हो।

आयोजना प्रमुख केशवप्रसाद ओझाका अनुसार काठमाडौं–धादिङ क्षेत्रमा पर्ने विभिन्न खण्डमा कालोपत्र र चौडाइ बढाउने काम तीव्र गतिमा जारी छ। विशेषगरी काठमाडौं–नागढुङ्गा–पिप्लामोड खण्डमा कालोपत्रलाई प्राथमिकता दिइएको छ भने धादिङतर्फ नौबिसे–मलेखु क्षेत्रमा बाङ्गेभीरको चौडाइ विस्तार तीव्र रूपमा सञ्चालन गरिएको छ।

दुई दिन सडक खुला भएपछि महाधिवेशनमा सहभागी सवारी साधनलाई सहज आवागमन हुने अपेक्षा गरिएको छ, भने निर्माण कार्य पुनः निर्धारित तालिकामा फर्कने आयोजनाले स्पष्ट पारेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय