२०८२ चैत्र १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
ब्रिज कोर्सदेखि संविधान संशोधनसम्म: मन्त्रिपरिषद् बैठकका निर्णय | नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा |

नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन देशका विभिन्न भागबाट आएका नेता तथा कार्यकर्ताहरू महाधिवेशन स्थलमा प्रवेश गर्न थालेका छन्। भक्तपुरको सल्लाघारीस्थित तिनकुने क्षेत्रमा निर्माण गरिएको स्थलमा बिहानदेखि नै चहलपहल तीव्र देखिएको छ।

महाधिवेशन स्थलको मुख्य गेटमा कडा सुरक्षाजाँचपछि मात्र प्रतिनिधि र सहभागीहरूलाई भित्र प्रवेश दिइँदैछ। सम्भावित भीड र सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति देखिन्छ। दंगा नियन्त्रण पोशाकसहित सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ।

सहभागीहरू अनुशासित रूपमा लाइनमा उभिएर मूल प्रवेशद्वारबाट भित्र छिर्दैछन्। स्वागतद्वारमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको तस्बिरसहित ‘हार्दिक स्वागत’ लेखिएका ब्यानरहरूले महाधिवेशन स्थललाई आकर्षक बनाएको छ।

सवारी चाप नियन्त्रण गर्न ट्राफिक प्रहरीले विशेष व्यवस्थापन गरेको छ। महाधिवेशनमा आउने र दैनिक आवतजावत गर्ने सवारीलाई छुट्टाछुट्टै रूपमा सञ्चालन गर्दै ट्राफिक व्यवस्थापन गरिएको छ।

केही समयमै सुरु हुने उद्घाटन समारोहका लागि मञ्च पूर्ण रूपमा तयार पारिएको छ। पार्टी अध्यक्ष ओलीले विद्युतीय पाला प्रज्वलन गर्दै झण्डा फहराएर महाधिवेशनको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

उद्घाटन सत्रमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। एमालेले उद्घाटन सत्रमा करिब तीन लाखको सहभागिता रहने दाबी गरेको छ। भीड व्यवस्थापनका लागि पाँच सयभन्दा बढी स्वयंसेवकहरू पनि परिचालन गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय