२०८२ माघ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या | निर्वाचन प्रयोजनका लागि १९ अर्ब १५ करोड स्रोत सहमति, ६ अर्ब ३५ करोड निकासा | मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिदा, ३८ जना घाइते |

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्ष प्यानल बनाएर मैदानमा उत्रिने भएका छन्। महाधिवेशनस्थलमा दुवै पक्षले आ–आफ्ना उम्मेदवार तय गर्दै प्रतिस्पर्धालाई औपचारिक बनाएका हुन्।

संस्थापनइतर समूहबाट अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उम्मेदवार बन्ने भएका छन्। उनको प्यानलमा उपाध्यक्ष पदका लागि गोकर्ण विष्ट, परशुमेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपालको नाम अघि सारिएको छ। उपाध्यक्षमा अझै एक जनाको नाम टुंग्याउन बाँकी रहेको बताइएको छ।

महासचिव पदका लागि ईश्वर पक्षबाट उपाध्यक्ष सुरेन्द्र पाण्डे उम्मेदवार बन्ने तय भएको छ। त्यस्तै उपमहासचिवमा योगेश भट्टराईलाई अघि सारिने भएको छ। बाँकी दुई उपमहासचिव कसलाई बनाउने भन्ने विषयमा आन्तरिक छलफल जारी रहेको स्रोतले जनाएको छ।

सचिव पदका लागि रचना खड्का, कर्ण थापा, गोकुल बास्कोटा, विनोद ढकाल, कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैरे र इन्द्रलाल सापकोटा उम्मेदवार बन्ने तयारीमा छन्। सचिवका बाँकी दुई पदमा कसलाई अघि बढाउने भन्ने विषयमा पनि सहमतिको प्रयास भइरहेको छ।

महाधिवेशनमा प्यानलसहितको प्रतिस्पर्धाले एमालेभित्रको शक्ति सन्तुलन र नेतृत्व चयनलाई थप रोचक बनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय