२०८३ असार १ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
संसद् भवन ढिलाइप्रति सभामुख आक्रोशित, ‘अब दैनिक १ करोड जरिवाना लाग्न सक्छ’ | पद्मा अर्यालको चुनौती– गिरीबन्धु, ओम्नी र वाइडबडीको फाइल खोल्नुस् | टेम्पो भीरमा खसालेको घटनाको सत्यतथ्य खोज्न पाँच सदस्यीय समिति | प्रहरीको व्यवहारप्रति हर्क साम्पाङको असन्तुष्टि, ‘नागरिकले सुरक्षा होइन त्रास महसुस गरिरहेका छन्’ | बजेटले दिएको भन्दा बढी लिएको छ : कांग्रेस सभापति गगन थापा | चर्चित सेफ सन्तोष साह किन परे हिरासतमा ? के हो मुद्दाको वास्तविकता ? | कैलालीमा टेम्पो भीरमा खसाल्ने कार्यमा संलग्न १० जना प्रहरी नियन्त्रणमा | संविधान संशोधनका लागि एमालेको कार्यदल सक्रिय : महेश बर्तौलालाई पाए जिम्मेवारी | विद्यालयमा खेलमैदान र खेल आधारित पाठ्यक्रम विकास गर्न मन्त्रालयको आग्रह | हेटौंडाबाट काठमाडौं सारिएको रास्वपा अधिवेशनमा आज निर्वाचन |

कोशी प्रदेशकै नमुना दुग्ध सहकारीका रूपमा चिनिँदै आएको इटहरीस्थित कामधेनु दुग्ध विकास सहकारी संस्था पछिल्लो समय गम्भीर विवादमा तानिएको छ। संस्थाभित्र बढ्दै गएको आर्थिक अनियमितता, व्यवस्थापनको मनोमानी र कर्मचारीमाथि दबाबको आरोपसँगै एक कर्मचारीको आत्महत्याको घटना प्रहरी अनुसन्धानको दायरामा पुगेको छ।

संस्थाका अध्यक्ष यादप ढकालले संस्थापक सेयर सदस्य तथा पूर्व अध्यक्षसहित दुई जना सेयर सदस्य र एक स्थायी कर्मचारीमाथि एकपक्षीय रूपमा कारबाही गरेपछि सहकारीभित्रको विवाद सतहमा आएको हो। यसपछि संस्थाभित्र लामो समयदेखि हुँदै आएका भनिएका गलत अभ्यास र अनियमितताबारे सार्वजनिक रूपमा आवाज उठ्न थालेको छ।

blog

संस्थाका अध्यक्ष यादप ढकालले आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा सहभागी सञ्चारकर्मीहरुलाई खाममा रकम हालेर वितरण गर्दै एक कर्मचारी। तस्बिर : सचिन पाख्रेल

पूर्व अध्यक्ष तथा संस्थापक सेयर सदस्य कृष्णप्रसाद अधिकारी, सेयर सदस्य मनोज दाहाल र कर्मचारी तेजप्रसाद सुवेदीले पत्रकार सम्मेलन गर्दै आफूहरूमाथि नीति–नियम विपरीत कारबाही गरिएको दाबी गरे। उनीहरूले दूध खरिद, दाना खरिदलगायत विभिन्न प्रक्रियामा आर्थिक अनियमितता भएको, अध्यक्ष ढकालले मासिक भत्ता लिने गरेको तथा सहकारी विभागबाट प्राप्त अनुदान दुरुपयोग गरिएको आरोप लगाए।

यही क्रममा झापाको कमल गाउँपालिकामा कार्यरत सहकारीका कर्मचारी प्रेम मिश्रको आत्महत्याको विषय पनि विवादसँग जोडिएको छ। मिश्रमाथि बाँकी रकम असुलीका नाममा अत्यधिक दबाब दिइएको र सोही कारण आत्महत्या गर्न बाध्य भएको पीडित पक्षको आरोप छ। आत्महत्यास्थलबाट फेला परेको सुसाइड नोटमा सहकारी व्यवस्थापन र केही कर्मचारीको नाम उल्लेख भएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार पीडित परिवार सम्पर्कमा छ र सबै पक्षलाई समेटेर अनुसन्धान अघि बढाइएको छ।

यता, अध्यक्ष ढकालले भने मिश्रको परिवारलाई मानवीय आधारमा सहयोग गरिएको दाबी गर्दै आफूविरुद्ध लगाइएका आरोप अस्वीकार गरेका छन्। सहकारीको नीति नमान्ने सेयर सदस्यहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको र आवश्यक परे थप निस्कासन गर्ने तयारी रहेको उनको भनाइ छ।

वार्षिक करिब ८० करोड रुपैयाँ बराबरको कारोबार गर्ने कामधेनु दुग्ध विकास सहकारीमा प्रदेशका विभिन्न जिल्लाका करिब १ हजार ६ सय सेयर सदस्य आबद्ध छन्। विवाद चुलिँदै जाँदा सहकारीको व्यवस्थापन, पारदर्शिता र उत्तरदायित्वबारे गम्भीर प्रश्न उठ्न थालेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय