२०८२ माघ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या | निर्वाचन प्रयोजनका लागि १९ अर्ब १५ करोड स्रोत सहमति, ६ अर्ब ३५ करोड निकासा | मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिदा, ३८ जना घाइते |

नेकपा एमालेको उपमहासचिव पदका लागि भएको निर्वाचनमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन्। २२ सय २७ खसेको मतअनुसार भट्टले १४ सय ५२ मत प्राप्त गर्दै सर्वाधिक मत पाएका छन्।

ईश्वर पोखरेल प्यानलबाट सहभागी भट्टराई १३ सय ४८ मत प्राप्त गरी विजयी भएका छन् भने रघुवीर महासेठले १३ सय ६८ मत पाए। चौथो स्थानमा रहेका विष्णु रिमालले १ हजार ९१ मत ल्याएका छन्।

त्यस्तै, आनन्द पोख्रेलले ६३५ मत, वैजनाथ चौधरीले ५१७ मत र राजेन्द्र गौतमले २७० मत प्राप्त गरे। गौतमले आफ्नो उम्मेदवारी निष्क्रिय गरिएको घोषणा गरेका थिए।

यसपटकको उपमहासचिवको निर्वाचनले पार्टीभित्रको प्रतिस्पर्धा र प्यानल मतको प्रभावलाई स्पष्ट रूपमा देखाएको छ। विजयी उम्मेदवारहरूले अब पार्टी संगठन सञ्चालनमा महत्वपूर्ण भूमिका निभाउने अपेक्षा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय