२०८२ चैत्र २० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एक सातामै फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, काठमाडौँमा पेट्रोल २०२ रुपैयाँ | सुनको मूल्य यथावत्, चाँदीमा सामान्य वृद्धि | अनलाइन बोलपत्र ह्याक प्रकरण: निर्माण व्यवसायी सागर कटुवाल पक्राउ | रिक्त स्थानीय तहमा कर्मचारी पठाउन मन्त्रालय सक्रिय ७८ पालिकामा अधिकृत नियुक्त | सम्पत्ति शुद्धीकरण प्रकरण: दीपक भट्टमाथि १० दिन थुनामा राख्न अदालतको आदेश | बादलको अभिव्यक्तिपछि एमालेमा हलचल सचिवालय बैठक बोलाइयो | सार्वजनिक सेवा र कर्मचारी आचरणमा सुधारका लागि मुख्य सचिवले दिए सबै निकायलाई कडा निर्देशन | ‘राष्ट्रघाती सन्धी’ भन्दै एमसीसी खारेज गर्न हर्क साम्पाङको माग | नेतृत्वविरुद्ध आवेगात्मक टिप्पणी नगर्न सुहाङ नेम्वाङको अपिल | कडा टिप्पणीसहित एमालेले दियो प्रधानमन्त्री बालेन शाहलाई बधाई |

जनपक्षीय विद्यार्थी युनियन, नेपालले सोमबार काठमाडौं उपत्यकाभर शैक्षिक हड्ताल घोषणा गरेपछि विद्यालय, विद्यार्थी र अभिभावक अन्योलमा परेका छन्। पूर्वसूचना बिना गरिएको हड्तालको घोषणाले शैक्षिक गतिविधि प्रभावित हुने संकेत देखिएको छ।

आकस्मिक हड्तालको खबर फैलिएसँगै कतिपय विद्यालयले कक्षा सञ्चालन गर्ने कि नगर्ने भन्ने निर्णय गर्न नसक्दा अन्योलको अवस्था सिर्जना भएको छ। केही निजी विद्यालयले भने आफ्ना मोबाइल एपमार्फत आज विद्यालय बन्द रहने सूचना अभिभावकहरूलाई पठाएका छन्। तर निजी तथा आवासीय विद्यालय संगठन प्याब्सन र एनप्याब्सनले यस विषयमा कुनै औपचारिक निर्णय नगरेको जनाउँदै विद्यालयहरूलाई आ–आफ्नै अवस्था हेरेर निर्णय गर्न भनेका छन्।

हड्ताल घोषणा गर्ने जनपक्षीय विद्यार्थी युनियन, नेपाल नेकपा जनपक्ष पार्टी निकट विद्यार्थी संगठन भएको बताइएको छ। संगठनले निजी विद्यालयले लिँदै आएको शुल्कमा ५० प्रतिशत कटौती गर्नुपर्ने, विदेशमा रहेका नेपाली विद्यार्थी तथा श्रमिकलाई मतदानको अधिकार सुनिश्चित गर्नुपर्ने लगायत १८ बुँदे माग अघि सारेको जनाएको छ।

अचानक गरिएको शैक्षिक हड्तालका कारण परीक्षाको तयारीमा रहेका विद्यार्थी, नियमित कक्षा सञ्चालन गरिरहेका विद्यालय र अभिभावकहरूमा अन्योल बढेको छ। औपचारिक जानकारी र स्पष्ट निर्देशन नआएकाले आजको शैक्षिक गतिविधि कस्तो रहने भन्ने विषयमा उपत्यकाका धेरै विद्यालय अझै निर्णयको प्रतीक्षामा रहेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय