२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

अल जेन–जी मुभमेन्टले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीले देशलाई राजनीतिक निकास दिन नसकेको आरोप लगाउँदै सर्वपक्षीय राष्ट्रिय सरकार गठनको माग गरेको छ । सोमबार काठमाडौंस्थित संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमार्फत मुभमेन्टले आइतबार गरेको शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी धरपकडलाई गैरन्यायिक र गैरकानुनी भन्दै कडा आपत्ति जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै अल जेन–जी मुभमेन्टका मेग खत्रीले सिंहदरबारको दक्षिण गेटमा गरिएको शान्तिपूर्ण प्रदर्शनमाथि सुरक्षाकर्मीले हस्तक्षेप गरेको भन्दै आक्रोश व्यक्त गरे । “हामीले हिजो सिंहदरबारको दक्षिण गेटमा गरेको शान्तिपूर्ण प्रदर्शनमा गरिएको हस्तक्षेप गैरन्यायिक होइन र ?” भन्दै उनले सरकारको व्यवहारप्रति प्रश्न उठाए ।

मुभमेन्टका अर्का नेता हरिकृष्ण गजुरेलले वर्तमान सरकार पनि अघिल्ला सरकारकै शैलीमा अघि बढेको आरोप लगाए । ऐतिहासिक आन्दोलनको बलमा बनेको सरकारले भ्रष्टाचारविरुद्ध अपेक्षित कदम चाल्न नसकेको उनको भनाइ थियो । “सुशीला कार्की नेतृत्वको सरकारलाई हटाएर सर्वपक्षीय राष्ट्रिय सरकार बनाउनुको विकल्प छैन,” उनले स्पष्ट पारे ।

यसैगरी, माधव ठकुरीले जेन–जी आन्दोलनकै बलमा बनेको सरकार आन्दोलनका मागविपरीत अघि बढिरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले सुशीला सरकार र मिराजबीचको द्वन्द्वले देशलाई झन् गहिरो संकटतर्फ धकेल्ने दाबी गरे ।

डा. शम्भू पोखरेलले शान्तिपूर्ण प्रदर्शनमा भएको धरपकड गैरकानुनी रहेको बताउँदै सरकारले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरे । जनक थापाले संविधानद्वारा प्रदत्त अधिकारहरू कुण्ठित हुँदै गए जेन–जी आन्दोलनभन्दा ठूलो विद्रोह हुने चेतावनी दिए ।

अशोक रानामगरले राष्ट्रिय मुक्ति र राजनीतिक निकासका लागि अल जेन–जी मुभमेन्टले नेतृत्व लिने दाबी गर्दै आन्दोलन अझ सशक्त बनाइने बताए ।

उल्लेखनीय छ, आइतबार सिंहदरबारको दक्षिण गेटमा भएको प्रदर्शनका क्रममा हरिकृष्ण गजुरेल, माधव ठकुरी, अशोक रानामगर र जनक थापालाई प्रहरीले नियन्त्रणमा लिई सिंहदरबार प्रहरी वृत्त, अनामनगरमा लगेको थियो ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय