२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

ग्लोबल आईएमई बैंक लिमिटेडले सेयर लगानीकर्तालाई लक्षित गर्दै ‘फास्ट लोन अगेन्स्ट शेयर’ नामक डिजिटल प्लेटफर्म सार्वजनिक गरेको छ । यस प्लेटफर्ममार्फत अब ग्राहकले अनलाइनबाटै सेयर धितो कर्जाका लागि आवेदन दिन सक्नेछन् ।

बैंकका अनुसार उक्त डिजिटल सेवाबाट ग्राहकले आफ्नो स्वामित्वमा रहेका सेयरहरू धितो राखी सरल र छिटो प्रक्रियाबाट कर्जा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । कर्जाका लागि आवश्यक आवेदन र कागजातहरू अनलाइनमै पेश गर्न सकिनेछ भने कर्जा स्वीकृतिको अन्तिम चरणमा एकपटक मात्र सम्बन्धित शाखा कार्यालयमा उपस्थित भई कागजपत्रमा हस्ताक्षर गर्नुपर्नेछ ।

अनलाइन आवेदन पेश गरेपछि ग्राहकले आफ्नै माध्यमबाट निवेदनको अवस्था पनि अनुगमन गर्न सक्ने सुविधा उपलब्ध गराइएको बैंकले जनाएको छ । सेयर धितो कर्जाको सीमा हाल न्यूनतम ५ लाख रुपैयाँदेखि अधिकतम ५० लाख रुपैयाँसम्म तोकिएको छ ।

बैंकका अनुसार धितोका रूपमा स्वीकार गरिने सेयरहरू आवेदक स्वयंको नाममा रहेको हुनुपर्नेछ । अन्य व्यक्तिको सेयर धितोका रूपमा स्वीकार गरिने छैन ।

यो सेवा बैंकका ३१ वटा शाखा कार्यालयमार्फत उपलब्ध हुनेछ । कर्जाका लागि अनलाइन आवेदन दिँदा ग्राहकले आफूलाई पायक पर्ने शाखा कार्यालय चयन गर्न सक्नेछन् । साथै, उक्त सेवा बैंकको डिजिटल युनिभर्समार्फत पनि प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय