२०८३ जेष्ठ ३० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
हेटौंडाबाट काठमाडौं सारिएको रास्वपा अधिवेशनमा आज निर्वाचन | फिफा विश्वकप २०२६ : आयोजक क्यानडा र बोस्नियाबीच अंक बाँडफाँड | काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक |

फागुन २१ गते तोकिएको निर्वाचन सम्पन्न गर्न अनुकूल वातावरण निर्माण गर्ने विषयमा सरकार र प्रमुख तीन राजनीतिक दलबीच सहमति बनेको छ। राष्ट्रपति भवन शीतल निवासमा मंगलबार अपराह्न प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा भएको छलफलमा यस्तो समझदारी कायम भएको हो।

छलफलमा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी थिए। राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार निर्वाचनको अनुकूल वातावरण बनाउने विषयमा थप विस्तृत छलफल बालुवाटारमा गर्ने सहमति पनि भएको छ।

छलफलका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले देशको अवस्था गम्भीर र संवेदनशील रहेको उल्लेख गर्दै यही परिस्थितिबाट निकास दिन निर्वाचनको घोषणा गरिएको स्पष्ट पारे। उनले वर्तमान चुनौतीपूर्ण अवस्थालाई ध्यानमा राख्दै तोकिएको मितिमा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सबै राजनीतिक शक्तिको साझा दायित्व भएको धारणा व्यक्त गरे।

राष्ट्रपति पौडेलले देशको जटिल राजनीतिक अवस्थाबाट बाहिर निस्कन निर्वाचन नै उपयुक्त विकल्प भएको बताउँदै फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचन सफल बनाउन प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूलाई सहकार्य र जिम्मेवारीका साथ अघि बढ्न आग्रह गरेका थिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय