२०८२ चैत्र १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
ब्रिज कोर्सदेखि संविधान संशोधनसम्म: मन्त्रिपरिषद् बैठकका निर्णय | नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा |

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यता वितरण प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन चारबुँदे निर्देशन जारी गर्नुभएको छ। उहाँले सबै जिल्ला कार्यसमितिका सभापतिलाई सम्बोधन गर्दै आवश्यक समन्वय र सहजीकरणमा विशेष ध्यान दिन आग्रह गर्नुभएको हो।

महामन्त्री थापाका अनुसार पुनः क्रम सङ्ख्यासहितका नयाँ क्रियाशील सदस्यता फारम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा पठाइसकिएको छ। यसअघि फारम वितरण गर्दा केही स्थानमा क्रम सङ्ख्या नसमेटिएका फारमसमेत प्रयोग भएको जानकारी प्राप्त भएकाले त्यसलाई सच्याउन नयाँ व्यवस्था गरिएको उहाँले स्पष्ट पार्नुभयो।

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको स्वीकृत कार्यतालिकाअनुसार क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण प्रक्रिया, मापदण्ड तथा कार्यविधिबारे जिल्ला कार्यसमिति र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई परिपत्रमार्फत विस्तृत जानकारी दिइएको पनि उहाँले जानकारी दिनुभयो।

महामन्त्री थापाले नयाँ क्रियाशील सदस्यता फारम वितरणका क्रममा जिल्ला कार्यसमितिले प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति, गाउँ–नगरपालिका कार्यसमिति तथा वडा कार्यसमितिसँग प्रभावकारी समन्वय, सहजीकरण, सहयोग र अनुगमन गर्नुपर्ने निर्देशन दिनुभएको छ। यसले सदस्यता वितरण प्रक्रियालाई सहज, व्यवस्थित र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय