२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

जेन–जी आन्दोलनका क्रममा केन्द्रीय कारागार कार्यालय, काठमाडौंबाट फरार भएका दुई जना कैदीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरीले विशेष सूचनाको आधारमा मंगलबार ती दुवै कैदीलाई नियन्त्रणमा लिई वीरगञ्ज कारागारमा बुझाएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार गत भदौ २३ र २४ गते सम्पन्न जेन–जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका कैदीहरूको खोजी भइरहेको थियो। सोही क्रममा प्राप्त सूचनाका आधारमा उनीहरूलाई पर्साबाट पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा बाराको विश्रामपुर गाउँपालिका–२५ का सुदामा पासवान रहेका छन्, जसलाई ‘प्रदेशी’ भनेर चिनिन्छ। उनी केन्द्रीय कारागार कार्यालय, काठमाडौंमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई २५ वर्ष कैद भुक्तान गरिरहेका थिए। जेन–जी प्रदर्शनका क्रममा उनी कारागारबाट फरार भएका थिए।

त्यस्तै, भदौ २४ गते केन्द्रीय कारागारबाट फरार रहेका बारा परवानीपुर गाउँपालिका–२ का विवेकलाल साह कानुलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनी उच्च अदालत पाटन इजलास हेटौँडाको आदेशअनुसार ५० हजार रुपैयाँ धरौटी तिर्न नसकेपछि केन्द्रीय कारागार चलान भएका कैदी हुन्।

पक्राउ परेका दुवै कैदीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी वीरगञ्ज कारागारमा बुझाइएको जिल्ला प्रहरीले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय