२०८३ श्रावण २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’ले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ।

क्रिसमस डेको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यस्ता पर्वहरूले विभिन्न संस्कृति र धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावना बढाउने बताउनुभयो।

उहाँले प्रेम, क्षमा, दया र शान्तिको सन्देश बोकेको यस पर्वले मानवता, समानता र सेवाभावलाई बलियो बनाउने उल्लेख गर्नुभयो। साथै सामाजिक एकता कायम गर्न, इतिहास र संस्कृति जोगाउन तथा शान्तिपूर्ण जीवनशैली र भाइचारा प्रवर्द्धन गर्न क्रिसमसले प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो।

इसाई धर्मका अनुयायीहरूले जिसस क्राइस्टको जन्मदिनको अवसरमा प्रत्येक वर्ष डिसेम्बर २५ मा क्रिसमस डे मनाउने गर्दछन्। नेपालमा पनि यस अवसरमा देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी पर्व मनाइन्छ।

राष्ट्रपति पौडेलले क्रिसमस डेको अवसरले सबै नेपालीबीच आपसी विश्वास, प्रेम र एकताको भावना अझ प्रगाढ बनाओस् भन्ने कामना गर्नुभएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय