२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

नेकपा एमालेका नेता  प्रदीप ज्ञवालीले पछिल्लो समय देखिएको वैकल्पिक शक्तिको मिलन प्रयासप्रति कटाक्ष गरेका छन्। उनले विचार मिलेर एकै ठाउँ उभिनु सकारात्मक भए पनि यसलाई ‘तारणहार’ जन्मिने रूपमा प्रस्तुत गर्नु भ्रम मात्र भएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ज्ञवालीले लोकतान्त्रिक प्रतिस्पर्धामार्फत सिंहदरबार पुग्ने चाहना राम्रो भए पनि केही व्यक्तिको मिलनले देश बदलिन्छ भन्ने धारणा गलत भएको उल्लेख गरेका छन्। उनले दक्षिण भारतीय फिल्मको उदाहरण दिँदै नायक आएपछि सबै समस्या एकैचोटि समाधान हुन्छ भन्ने सोच अवास्तविक भएको टिप्पणी गरेका छन्।

रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबीच भइरहेको एकता प्रयासतर्फ संकेत गर्दै ज्ञवालीले यस्तो मिलनले देशलाई मुक्ति दिलाउने ‘तारणहार’ जन्माउँछ भन्ने प्रचार तिलस्मी सोच भएको बताए। उनका अनुसार देश व्यक्तिले होइन, विचार, संस्था, प्रणाली र सामूहिक प्रयासले बनिन्छ।

उनले शासन प्रणाली, आर्थिक नीति, सामाजिक व्यवस्थापन, राष्ट्रिय हित र जलवायु परिवर्तनजस्ता विषयमा स्पष्ट विकल्प नदेखिएको भन्दै अहिले नकारात्मकता र भ्रम मात्र फैलाइँदै गएको बताए। लामो दौडले मात्र घोडाको क्षमता देखाउने भन्दै उनले स्वप्न भंगको क्षण पीडादायी हुन सक्ने चेतावनीसमेत दिएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय