२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

प्रमुख राजनीतिक दलहरूले आगामी फागुन २१ गते तय गरिएको निर्वाचनमा सहभागी हुने प्रतिबद्धता जनाएका छन्। शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा तीन प्रमुख दलका शीर्ष नेताहरूले चुनावमा जाने स्पष्ट धारणा राखेका हुन्।

बैठकपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै दल निर्वाचनमा जान तयार रहेको बताए। उनले कांग्रेस, एमालेसहित अन्य दल पनि चुनावका लागि तयार रहेको भन्दै सरकारले सुरक्षित वातावरण बनाउनुपर्नेमा जोड दिए।

बैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री कार्कीले बैठकमा निर्वाचन सफल बनाउन सबै दलको सहयोग आवश्यक रहेको उल्लेख गर्दै समयमै चुनाव सम्पन्न गर्न आग्रह गरेकी थिइन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय