२०८२ माघ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या |

परराष्ट्रमन्त्री बालानन्द शर्मा बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम खालिदा जियाको अन्त्येष्टिमा सहभागी भएका छन्।

अन्त्येष्टिको क्रममा मन्त्री शर्माले स्व. जियाका छोरा तथा बीएनपीका कार्यवाहक अध्यक्ष रिक रहमानसँग भेट गरी नेपाल सरकार र नेपाली जनताको तर्फबाट समवेदना व्यक्त गरे। उनले खालिदा जिया बंगलादेशको राजनीतिक र लोकतान्त्रिक यात्रामा महत्वपूर्ण योगदान दिने प्रतिष्ठित नेतृ भएको उल्लेख गरे।

रिक रहमानले अन्त्येष्टिमा सहभागी भई श्रद्धाञ्जली अर्पण गरेकोमा परराष्ट्रमन्त्री शर्मालाई धन्यवाद दिँदै नेपाल–बंगलादेशबीचको मैत्री र सहकार्य आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे।

यसै दिन दिउँसो परराष्ट्रमन्त्री शर्माले बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्राडा मोहम्मद युनुससँग शिष्टाचार भेटवार्ता गरे। भेटका क्रममा उनले प्रधानमन्त्री सुशीला कार्कीको तर्फबाट खालिदा जियाको निधनप्रति गहिरो दुःख व्यक्त गरिएको सन्देश युनुसलाई हस्तान्तरण गरे।

प्रधानमन्त्रीको सन्देशमा बेगम खालिदा जियाले आफ्नो तीन कार्यकालमा नेपाल–बंगलादेश सम्बन्ध मजबुत बनाउन खेलेको भूमिकाको कृतज्ञतापूर्वक स्मरण गरिएको उल्लेख गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय