२०८२ चैत्र २० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एक सातामै फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, काठमाडौँमा पेट्रोल २०२ रुपैयाँ | सुनको मूल्य यथावत्, चाँदीमा सामान्य वृद्धि | अनलाइन बोलपत्र ह्याक प्रकरण: निर्माण व्यवसायी सागर कटुवाल पक्राउ | रिक्त स्थानीय तहमा कर्मचारी पठाउन मन्त्रालय सक्रिय ७८ पालिकामा अधिकृत नियुक्त | सम्पत्ति शुद्धीकरण प्रकरण: दीपक भट्टमाथि १० दिन थुनामा राख्न अदालतको आदेश | बादलको अभिव्यक्तिपछि एमालेमा हलचल सचिवालय बैठक बोलाइयो | सार्वजनिक सेवा र कर्मचारी आचरणमा सुधारका लागि मुख्य सचिवले दिए सबै निकायलाई कडा निर्देशन | ‘राष्ट्रघाती सन्धी’ भन्दै एमसीसी खारेज गर्न हर्क साम्पाङको माग | नेतृत्वविरुद्ध आवेगात्मक टिप्पणी नगर्न सुहाङ नेम्वाङको अपिल | कडा टिप्पणीसहित एमालेले दियो प्रधानमन्त्री बालेन शाहलाई बधाई |

राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) समाहित भएपछि नेपाली कांग्रेस र नेकपा एमालेमा राजनीतिक दबाब बढेको छ। नयाँ शक्तिहरू एकजुट हुँदै गएपछि पुराना दलभित्र आगामी निर्वाचनको रणनीतिबारे गम्भीर छलफल सुरु भएको छ।

रास्वपाले अब बालेनसहितका नेताहरूलाई ‘घण्टी’ चुनाव चिह्न लिएर मैदानमा उतार्ने तयारी गरेको छ। बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भइसकेको चर्चा पनि छ। यसले कांग्रेस र एमालेभित्र बेचैनी बढाएको देखिन्छ।

नयाँ र वैकल्पिक शक्तिहरूको एकताले कांग्रेस–एमालेजस्ता पुराना दलमा ‘झड्का’ दिएको राजनीतिक विश्लेषकहरू बताउँछन्। दुवै दलले २०८४ को चुनाव लक्ष्य गरेर तयारी गरिरहेका बेला अकस्मात छिट्टै निर्वाचनको सम्भावना देखिएपछि रणनीति फेरबदलको दबाब परेको छ।

यसैबीच एमालेभित्र कांग्रेससँग चुनावी गठबन्धन गर्न सकिने विषय खुलेर उठ्न थालेको छ। एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले लोकतन्त्र जोगाउन कांग्रेस–एमाले मिलेर चुनावमा जानुपर्ने धारणा सार्वजनिक गरेका छन्। ओली निकट केही नेताहरूले पनि गठबन्धनको पक्षमा संकेत दिएका छन्।

एमाले सचिव भानुभक्त ढकालले लोकतन्त्र र देशको स्थिरताका लागि सहकार्यको विकल्प खुला रहेको बताएका छन्। उनका अनुसार यो डरका कारण होइन, परिस्थितिको मूल्यांकनका आधारमा उठेको बहस हो।

कांग्रेसभित्र भने यस विषयमा मत विभाजित देखिन्छ। केही नेताहरू एमालेसँग गठबन्धन गर्न नहुने पक्षमा छन् भने केहीले संविधान र लोकतन्त्र जोगाउन सहकार्य सम्भव रहेको बताएका छन्। कांग्रेस नेता मीन विश्वकर्माले गठबन्धनभन्दा पनि सद्भावपूर्ण प्रतिस्पर्धामा जोड दिनुपर्ने धारणा राखेका छन्।

विगतको अनुभव स्मरण गर्दै कांग्रेस नेताहरू गठबन्धनले अपेक्षित फाइदा नदिएको बताउँछन्। तर केही नेताहरू भने राष्ट्रिय हितका लागि एमालेसहित अन्य शक्तिसँग पनि सहकार्य गर्न सकिने बताउँछन्।

हालसम्म कांग्रेस र एमालेले औपचारिक रूपमा चुनावी गठबन्धन गर्ने निर्णय गरेका छैनन्। तर दुवै दलका शीर्ष नेताबीच सम्बन्ध सकारात्मक रहेकाले भविष्यमा गठबन्धनको सम्भावना पूर्ण रूपमा नकारिएको छैन।

राजनीतिक विश्लेषकहरूका अनुसार नयाँ शक्तिको जनसमर्थन कति बलियो बन्छ भन्ने कुराले नै कांग्रेस–एमालेको आगामी रणनीति तय गर्नेछ। वैकल्पिक शक्तिको प्रभाव बढ्दै गएमा ठूला दलहरू एक ठाउँमा आउन सक्ने सम्भावना बलियो देखिन्छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय