२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा कुलमान घिसिङ प्रवेश गरेसँगै वैकल्पिक राजनीतिक शक्तिबीच एकता कायम भएको छ। यससँगै रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङ एउटै मोर्चामा उभिएका छन्।

सोमबार हस्ताक्षर भएको सहमतिअनुसार रास्वपामा अब तीन जना उपसभापति रहने व्यवस्था गरिएको छ। सहमतिका बुँदामा वरीयता स्पष्ट रूपमा उल्लेख नभए पनि उपसभापतिहरूको सूचीमा कुलमान घिसिङको नाम पहिलो स्थानमा राखिएको छ।

कुलमानपछि डिपी अर्याल दोस्रो र स्वर्णिम वाग्ले तेस्रो वरीयतामा छन्। यसअघि दुई उपसभापति हुँदा डिपी अर्याल पहिलो र स्वर्णिम वाग्ले दोस्रो वरीयतामा थिए।

सहमतिको चौथो बुँदामा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डिपी अर्याल र स्वर्णिम वाग्ले रहने उल्लेख छ।

सोमबार राति भएको सहमतिमा रास्वपाका तर्फबाट सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका तर्फबाट अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह सहमतिका साक्षी बनेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय