२०८२ माघ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या |

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ११० रुपैयाँ, ठूलो (भारतीय) १२० रुपैयाँ र सानो (लोकल) ८७ रुपैयाँ छ। सानो गोलभेँडा टनेल १०८, भारतीय ९७ र तराई ९५ रुपैयाँ तोकिएको छ। आलु रातो ३५ र भारतीय आलु २७ रुपैयाँ, सुकेको प्याज (भारतीय) ५५ रुपैयाँ रहेको छ।

गाजर लोकल ८० र तराई ७० रुपैयाँ, बन्दा लोकल ४०, तराई र नरिबल ३५ रुपैयाँ छ। काउली स्थानीय ६०, ज्यापु ८० र तराई ५० रुपैयाँ तोकिएको छ। रातो मूला ४०, सेतो मूला लोकल २० र हाइब्रिड ४० रुपैयाँ छ। भन्टा लाम्चो ७० र डल्लो ८० रुपैयाँ, मकै बोडी ७० रुपैयाँ कायम गरिएको छ।

मटरकोसा १०० रुपैयाँ, घिउ सिमी लोकल १००, हाइब्रिड ८० र राजमा १६० रुपैयाँ छ। टाटे सिमी ८०, तिते करेला ११०, लौका ७०, परबर १६०, घिरौँला ११० रुपैयाँ छ। फर्सी पाकेको ४०, हरियो फर्सी लाम्चो ४० र डल्लो ४५ रुपैयाँ, सलगम ९०, भिन्डी ११०, सखरखण्ड ७५, बरेला ६०, पिँडालु ८० र स्कुस ३० रुपैयाँ तोकिएको छ।

च्याउ कन्य १२०, डल्ले ३८० र कुरिलो २००० रुपैयाँ छ। ब्रोकाउली १२०, चुकुन्दर ८०, रातो बन्दा २००, जिरीको साग १५०, गाँठकोभी ८५, सेलरी ३००, पार्सले ७००, सौफको साग ९०, पुदिना ५००, गान्टेमुला ८०, इमली १८०, तामा १२०, तोफु १५० र गुन्द्रुक ४०० रुपैयाँ तोकिएको छ।

फलफूलतर्फ स्याउ (नेपाली) ११०, तरबुजा हरियो १००, मौसम ११०, जुनार १२०, भुइँकटहर प्रतिगोटा १५५ रुपैयाँ छ। काँक्रो लोकल १०० र हाइब्रिड ४०, निबुवा ७०, नास्पाती (चाइनिज) २३०, मेवा नेपाली ७० र भारतीय १०० रुपैयाँ छ। लप्सी ७५, स्ट्रबेरी ५००, किबी ३५०, सरिफा २०० र एभोकाडो ३५० रुपैयाँ तोकिएको छ।

मसलातर्फ अमला ७५, अदुवा ८०, सुकेको खुर्सानी ४२०, हरियो खुर्सानी १००, बुलेट १२०, माछे १०० र अकबरे ४०० रुपैयाँ छ। भेडे खुर्सानी ९०, हरियो लसुन १००, हरियो धनियाँ १२०, लसुन सुकेको चाइनिज ५०० र नेपाली २८० रुपैयाँ तोकिएको छ।

अन्य वस्तुमा छ्यापी सुकेको २०० र हरियो १८०, सुकेको माछा १००० रुपैयाँ छ। ताजा माछा रहु ३४०, बचुवा २८० र छडी २५० रुपैयाँ छ। रूख टमाटर २५०, राजा च्याउ ३०० र सिताके च्याउ १००० रुपैयाँ निर्धारण गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय